Logo

Student Corner

गणतन्त्र दिवस

Written by: Shatakshi Pandey - 31029, Grade VI

Posted on: 31 May, 2024

कुनै पनि नेपाली जनता देशकाे सर्वाेच्च पदमा रहन सक्छन् ।यस प्रकारकाे शासनतन्त्र  नै गणतन्त्र हाे । बहुमतका इच्छाले याे तन्त्र चल्ने गर्छ । आज विश्वका धेरै मुलुकहरूमा गणराज्य छन् ।त्यस्तै नेपाल पनि एक सङ्घीय लाेकतान्त्रिक देश हाे । नेपालमा गणतन्त्रकाे सुरुवात भएकाे १६ वर्ष पुगेकाे छ ।त्यसभन्दा अगाडि नेपालमा राजतन्त्र थियाे ।राजा नै राष्ट्रप्रमुख हुन्थे ।वि सं २०६२ -२०६३ मा भएकाे शान्तिपूर्ण जनआन्दाेलन पछि जारी गरिएकाे अन्तरिम संविधान अनुरूप सम्पन्न संविधान सभाकाे निर्वाचनपश्चात गठन भएकाे संविधान सभाकाे पहिलाे २०६५ साल जेष्ठ १५ गते राजतन्त्र उन्मूलन गरी नेपालमा गणतन्त्र स्थापना भयाे ।शाह वंशकाे अन्त्यकाे घाेषणा भएकाे उक्त दिन गणतन्त्र दिवसकाे रूपमा मनाउन थालियाे ।त्यसपछिकाे संविधान सभाले डा रामवरण यादव पहिलाे राष्ट्रपति र उपराष्ट्रपतिका रूपमा परमानन्द झा चुनिएका थिए ।नेपालकाे संविधान २०७२ अनुसार राष्ट्रपति नै राष्ट्रकाे अभिभावक हुने कुरा उल्लेख । राष्ट्रिय एकताकाे प्रवर्धन ,संविधानकाे पालना र संरक्षण गर्नु राष्ट्रपतिकाे कर्तव्य हुनेछ भन्ने कुरा संविधानले निर्दिष्ट गरेकाे छ ।नेपालकाे जनआन्दाेलन २०६२- २०६३ शान्तिपूर्ण आन्दाेलन थियाे । जुन १९ दिनसम्म चलेकाे थियाे ।यस आन्दाेलनमा विभिन्न राजनीतिक दल संलग्न थिए । २०६२- ६३ मा भएकाे शान्तिपूर्ण आन्दाेलन सफल भएर लाेकतान्त्रिक गणतन्त्रकाे स्थापना भएकाे हाे । गणतन्त्र दिवश प्रत्येक वर्ष मनाइने गरिन्छ ।याे दिन देशमा सार्वजानिक बिदासमेत दिने गरिन्छ ।