Logo

Student Corner

वृन्दावन यात्रा

Written by: Adhyaya Bhandari - 27031, Grade X

Posted on: 29 May, 2024

गत वर्ष मेरो नवौँ कक्षाको परीक्षा सकिएपछि मेरी आमा, मेरा दुई दाजु र म भारतको वृन्दावन घुम्न र त्यहाँ रमाइलो गर्न गयौँ । मेरो अन्तिम परीक्षा सकिएको भोलिपल्ट हामी त्यहाँ गयौँ । मनमा अनेक तर्कना बुन्दै यात्राकाे कल्पना गर्दै म मेराे परिवारसहित  वृन्दावनतिर घुम्न लागेँ । 

हाम्रो यात्रा धेरै लामो थियो । ७ बजे सुमो लिएर वीरगन्ज पुग्यौँ र १:३०मा त्यहाँ पुग्यौँ । त्यो दिन हामी धेरै थाकेका थियौँ । हामी २ दिन वीरगन्जमा ठूलो मामुको घरमा बस्यौँ । त्यहाँ गएपछि हामी सुत्थ्यौँ र राती उठेर आइपिएल हेर्यौं । भोलिपल्ट हामी ढिलो उठेका थियौ । हामी नित्य कर्म गरेर मन्दिर गयौँ र घर आएर खाजा खायौँ । त्यसपछि झोला प्याक गरेर वृन्दावनमा नचाहिने सामानहरू छोड्न थाल्यौँ । हामी रक्सौलमा रेलबाट वृन्दावनको यात्रा गर्न त्यहाँ जाँदै थियौँ । भोलिपल्ट बिहान हामी त्यो ढिलो उठ्यौँ र वृन्दावन जाँदा रेलमा आवश्यक पर्ने खाना तयार गर्यौँ । त्यसपछि ३ तिर बजेतिर हामी त्यहाँबाट निस्कियौँ र अटोमा रक्सौल गयौँ । रक्सौल पुगिसकेपछि फेरि त्यहाँबाट रेल स्टेसनसम्म अर्को अटो चढ्यौँ । हामी करिब ४ बजे त्यहाँ पुग्यौँ र ११ बजेसम्म त्यहाँ बस्याैँ । कारण के थियो भने हामी चढ्ने रेल बिग्रिएको र मर्मत भइरहेको थियो । रेल आइपुग्दा म वृन्दावन जान निकै उत्साहित थिएँ । रेलमा बसेपछि राती भइसकेको थियो त्यसैले हामी सुत्यौँ। बिहान म वृन्दावन आउने कुर्दै थिए तर भोलिपल्ट ९ बजे मात्रै हामी वृन्दावन पुग्ने कुरा मैले सुनेँ । त्यो सुन्दा मलाई पनि साह्रै थाकेको महसुस भएको थियो । हामीले त्यो दिन यात्राको आनन्द उठायौँ र भोलिपल्ट बिहान ४ बजे दिल्ली पुग्यौँ । दिल्लीमा हाम्रा महाराजजी उहाँको गाडीमा हामीलाई लिन आउनुभएको थियो । त्यसपछि बाटोमा हिँड्दै गर्दा म गाडीमा सुतेँ र हामी बसेको ठाउँ आइपुग्दा आमाले मलाई उठाउनुभयो । त्यसपछि म महाराजीजको कोठामा गएँ । हामी नुहाएर अलि फुर्तिला भयौँ  र महाराजजीले पूजा गर्नुभयो । हामीले पनि पूजा गर्यौँ । त्यसपछि महाराजजीले प्रसाद ल्याएर हामीलाई दिनुभयो । त्यसपछि उहाँले हामीलाई बाके बिहारी मन्दिरमा जान भन्नुभयो र हामी त्यहाँ, उहाँ सँगै गयौँ । त्यहाँ भीड धेरै थियो । हामी त्यहाँ प्रार्थना गरेर आश्रममा फर्कियौँ र करिब २ घण्टा सुत्यौँ । साँझ फेरि बर्सनामा गएर आयौँ । एक दिन हामी धेरै भाग्यमानी थियौँ किनभने हामीले रामभद्राचार्य महाराजजीलाई उहाँको एउटा कार्यक्रममा प्रत्यक्ष देख्न पाएका थियौँ । हामीले त्यहीँ खाना खायौँ र आएर फेरि सुत्यौँ । केही दिनपछि अक्षरधाम घुम्न दिल्ली गयौँ । हामीले त्यहाँ स्वामीनारायणको अभिषेक पनि गर्यौँ । म पनि दिल्लीमा मेरो हजुरबुवालाई भेट्न गएँ । उहाँले मलाई एउटा डब्बामा अन्जिरी भन्ने मिष्ठान उपहार स्वरूप दिनुभयो । हामी पनि १ दिन दिल्लीमा बस्यौँ ।

भोलिपल्ट हाम्राे फर्किने दिन थियाे । हामी त्यहाँबाट रेल चढेर रक्सौलतर्फ लाग्यौँ । त्यसपछि हामी मामालाई भेट्न हेटौँडा गयौँ र त्यहाँ ३ – ४ घन्टा बसेर काठमाडौं फर्कियौँ । यस पटककाे मेराे बिदा मैले यसरी घुमेर रमाइलाे गरी बिताएँ । वृन्दावनको मेराे यात्रा धेरै रमाइलो थियो । म फेरि वृन्दावन भ्रमण गर्न चाहन्छु ।