Logo

Student Corner

गणतन्त्र दिवस

Written by: Aaryan Bhurtel - 28030, Grade IX

Posted on: 28 May, 2024

 

 

गणतन्त्र दिवस नेपालको इतिहासको एक महत्त्वपूर्ण दिन रहेको छ ।  नेपालमा गणतन्त्र दिवस प्रत्येक वर्ष जेष्ठ १५ गते मनाउने गरिन्छ। २४० वर्षीय राजतन्त्रको अन्त्य भएपछि गणतन्त्र दिवस मनाउन थालिएकाे हाे । यस दिन काठमाडौँ मा रहेको टुडिखेलमा विशेष समाराेह हन्छ र भव्य कार्यक्रम पनि हुन्छ ।  यस दिन नेपाल सरकारले सार्वजनिक बिदा पनि दिने गर्छ । नेपालमा यस दिनको धेरै महत्त्वछ छ । यस दिन मानिसहरू विभिन्न कार्यक्रममा सहभागी हुँदै यस विशेष दिनमा आफ्नो राष्ट्रप्रेम झल्काउँछन् ।

गणतन्त्र भनेको एक राजनितिक अवस्था परिवर्तन भएकाे सम्झना स्वरूप मनाइने दिन हाे भने जहाँ जनताद्वारा छानिने जन -प्रतिनिधिले जनताको हितअनुसार शासन पनि गर्छन् ।  यसमा कुनै पनि मुलुकका जनतालाई स्वतन्त्रता र समान रूपमा न्याय दिने गरिन्छ ।  नेपालमा पहिले राजतन्त्र थियो।  नेपालमा सन् २००६ मे २८ मा करिब २४० वर्ष जति शाह वंशद्वारा शासन गरिएको राजतन्त्रको अन्त्य भएपछि नेपालमा पनि गणतन्त्रको स्थापना भएको थियाे । यस अगि नेपालमा करिब १०४ वर्ष राणाहरूले शासन गरेका थिए ।  यससँगै अरू थुप्रै वंशलेपनि नेपाली भूमिमा शासन गरेकाे इतिहास छ ।  यी सबै शासनहरूमध्येमा जनताले दुःख पाएको शासन भनेकाे राणा शासनमा मात्र थियो । 

नेपालमा गणतन्त्रको सुरुवातको लामो कहानी छ। नेपालमा दरबार हत्याकाण्डपछि श्री ५ ज्ञानेन्द्रले जब शासन आफ्नाे हातमा लिए तब धेरै नेपाली जनता र राजनीतिक दलहरूले उनलाई मन पराएनन् । कति मानिसहरू त उनलाई दरबार हत्याकाण्डका दोषी पनि मान्छन् । उनी शासनमासत्तामा आएपछि नेपालमा दोस्रो  जन आन्दोलन चर्किएको थियो । यो समयमा देशका विभिन्न ठाउँमा धेरै मानिसहरूले आफ्नो ज्यान गुमाउनु परेको थियो । नेपाल सरकार र नेपाली जनताले यस दिन धुमधामका साथ याे दिवस मनाउँछन् । यस दिन नेपाली जनताहरूले आफ्नो स्वतन्त्रताको समर्थन गर्छन् । यस दिन काठमाडाैँ लगायत धेरै ठाँउमा नेपाली जनताको राष्ट्रप्रेम र स्वतन्त्रता आएकाे खुसीयाली देख्न सकिन्छ । यस दिन मानिसहरू उत्साहित र प्रफुल्लित हुन्छन । यस दिन विभिन्न कलाकारहरूले आफ्नो कला प्रदर्शन गर्छन् । यस दिन हाम्रो देशले एउटा नयाँ पहिचान पाएको थियो । हामीले यसको सम्मान गर्नुपर्छ । हामी आफ्नो राष्ट्र र याे महत्त्वपूर्ण उपलब्धीकाे सम्मान गर्ने गर्नुपर्छ । 

 

तसर्थ, यस दिन कुनै पनि देशको इतिहासको महत्त्वपूर्ण दिन हुन्छ । शासन जोसुकैले गरे पनि जनताको आवश्यकता पूरा हुनुपर्छ भन्ने मेरो धारणा हो । जुन कुरा मलाई लाग्छ न गणतन्त्रमा छ न त राजतन्त्रमा नै थियाे । मेरो विचारमा गणतन्त्रमा जनताबिच बढी एकता पाइन्छ । यस दिन नेपाली जनताका लागि महत्त्वपूर्ण रहेको छ किनभने नेपाली जनताले आफ्ना हक, अधिकार तथा कर्तव्यको स्मरण गराउँछ । यस दिन हरेक नागरिकले आफ्नो भूमिका देशको विकासमा देख्ने गर्छ । यस दिन नेपाली जनताले एकता, स्वतन्त्रता र लोक्तान्त्रिक महत्त्वको आभास गराउने गर्दछ । हामीले याे दिनलाई सम्मान गर्नुपर्छ र आफ्नो कर्तव्य बुझ्नुपर्छ । हामीले याे गणतन्त्रकाे विशेष दिनलाई सम्मान र राष्ट्रप्रेमका साथ धुमधाम, हर्षाेल्लास तथा गर्वका साथ मनाउनुपर्छ ।