Logo

Student Corner

नेपालमा गणतन्त्र

Written by: Anuprastha Luitel - 30058, Grade VII

Posted on: 28 May, 2024

२०६५ साल जेठ  १५ गते नेपालमा राजतन्त्रकाे अन्त्य भइ गणतन्त्रकाे स्थापना भएकाे हाे । त्यतिबेला लाखाैँ नागरिकहरू सडकमा उत्रिएर राजतन्त्रकाे विराेध गरेपछि गणतन्त्रकाे स्थापना भयो । यसमा धेरै मानिसहरूले ज्यान पनि गुमाए । उनीहरूलाई सहिद घोषणा गरिएकाे छ । जनताकाे तन्त्र वा जनताले गर्ने शासनलाई नै गणतन्त्र भनिन्छ । गणतन्त्रमा राजा हुँदैनन् । देशकाे शासन प्रणाली स्थानीय तहदेखि केन्द्रीय तहसम्म नै जनताद्वारा निर्वाचित प्रतिनिधिबाट सञ्चालन हुने व्यवस्था गणतन्त्र हाे । गणतन्त्रले समानता, सामाजिक न्याय जस्ता कुरालाई सहज बनाइदिएकाे छ । गणतन्त्रमा जनताले आफ्नाे सरकार आफैँ बनाउन पाइन्छ । गणतन्त्रका कारण समाज आधुनिकतर्फ उन्मुख भएकाे छ । गणतन्त्र स्थापना भएकाे डेढ दशक बितिसक्दा पनि आर्थिक सुधार खासै भएकाे छैन । गणतन्त्रमा आउने बाधाहरूलाई बिस्तारै हटाउनुपर्छ अनि मात्रै जनताले फल प्राप्त गरेकाे अनुभूति गर्छन् । गणतन्त्र स्थापना भएकाे खुसियालीमा जेठ  १५ गते नेपालमा विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइन्छ । यस दिन नेपालमा सार्वजनिक बिदा दिने गरिएकाे छ ।