Logo

Student Corner

साथीकाे महत्त्व

Written by: Sadagi Koirala - 31026, Grade VI

Posted on: 27 May, 2024

आफ्नाे साथमा रहने ,साथसाथै हिँड्ने,मद्दत गर्ने दुःखमा साथ दिने शुभचिन्तक नै साथी हाे । हामी साथीसँग हिँड्ने,बाेल्ने,खेल्ने पढ्ने गर्छाैँ । साथी पनि थरीथरीका हुन्छन् । काेही राम्राे र असल हुन्छन् भने काेही नराम्राे र खराब हुन्छन् ।हामीले असल साथी र खराब साथी चिन्न सक्नुपर्छ ।साथीकाे पनि धेरै महत्त्व हुन्छ ।साथीहरूका कारणले पनि हामी राम्राे अथवा नराम्राे बाटाेमा लाग्न सक्छाैँ ।साथीले हाम्राे जीवनमा धेरै भूमिका खेलेकाे हुन्छ । भविष्य निर्माण गर्न पनि साथीकाे थाेरै भए पनि भूमिका हुन्छ । समय परिस्थिति र बाध्यताले गर्दा सबै साथी सुरुदेखि पछिसम्म नहुन सक्छन्।काेही परिस्थितिले गर्दा छुट्छन् भने काेही नजिक नै हुन्छन् ।यही नै साथीकाे चक्र हाे ।जसरी जीवनचक्रमा माेडहरू आउँछन् त्यसरी जीवन चक्रमा माेडहरू आउँछन् त्यसरी नै काेही साथी  छुट्छन् र काेही छुट्दैनन् ।यही नै जीवनकाे चक्र हाे ।