Logo

Student Corner

नेवारी संस्कार

Written by: Tanishq Shakya - 28011, Grade IX

Posted on: 24 May, 2024

जात र जाति सबैका हुन्छन् आ-आफ्नै मान्यता

त्यसैमा हुन्छन् संस्कृति र त्यसको सुन्दरता।। 

 

जन्मदेखि मृत्युसम्म संस्कृतिले बाधिन्छ

न्वारनलाई नै पहिलो संस्कृति मानिन्छ।। 

 

५ देखि ६ महिना भित्र गरिन्छ अन्नप्रासन

केटीको इहि, गुफा गरिन्छ केटाकोको ब्रतबन्धन।। 

 

वर्षभरि नै हुन्छन् हाम्रो चाडपर्व अनेक

खाई सल्हुँ भनी क्वाटी खाइन्छ वैशाख १ गते कन ।। 

 

वैशाख पूर्णिमाको दिन मनाइन्छ बुद्ध जयन्ती

त्यसैगरी घेरिन्छौ हामी यी चाडपर्व बिच।। 

 

९ गेडागुडी  मिसाइ क्वाटी खाइन्छ श्रावणमा

मनाइन्छ गाईजात्रा मरेका मान्छेको सम्झनामा।। 

 

दसैँ तिहारलाई मानिन्छ ठुलो चाड

यसमा आउछन् परिवार एक साथ ।। 

 

मान्छे ठुलो भएपछि गरिन्छ विवाह संस्कार

२ परिवारबिच जोडिन्छ नाता र सम्बन्ध।। 

 

रमाउँछौ हामी योमरी खाँदै पुष महिनामा 

देवी सरस्वतीको पूजा गरिन्छ श्रीपञ्चमीमा ।। 

 

७७ वर्ष भएपछि गरिन्छ बुढाबुढीको जंकु

मृत्युपछि नै गरिन्छ जीवनको अन्तिम संस्कार ।।