Logo

Student Corner

मन भित्र खेल्ने कुरा

Written by: Kritanjali Odari - 27018, Grade X

Posted on: 23 May, 2024

सोचमा डुबेको पाउँछु म

भावनाको तरङ्गमा बग्दै गरेकाे

महिमाको चर्चा गर्दै छु म 

आफैँसँग बोल्दै बस्छु म

 

सपना बुनेको थिएँ 

समयसँग विलुप्त भयो 

आशा राखेको थिएँ

बाचासँगै नष्ट भयो ।

 

शिकारीको जालमा परेझैँ 

जीवनमा फसेको छु म 

बाढी नै आएझैँ

सँगसँगै बगेको छु म 

 

अनन्त कुराहरू खेलछन् मनमा 

विश्वास गरूँ पनि कसाेरी 

गाईझैँ यो गोठमा 

पालेको छु जसरी 

 

प्रश्न यही सोध्छु आफूलाई 

के  चलिरको छ जीवन ?

बाँची मात्रै रहे जस्ताे लाग्छ 

जिउनु त बाकि नै छ जस्ताे लाग्छ ।