Logo

Student Corner

चितवनको रमाइलो भ्रमण

Written by: Barun Kadariya - 29053, Grade VIII

Posted on: 23 May, 2024

भ्रमणबाट मान्छेले धेरै कुरा सिक्न पाउँछ । शिक्षा, मनोरञ्जन तथा भेटघाट सबै कुराकाे मिश्रणलाई भ्रमणको रूपमा लिन सकिन्छ। हाम्राे देश नेपालमा धेरै प्राकृतिक स्रोतहरू तथा त्यसबाट भेटिने ज्ञानकाे  ठुलो  स्राेत छ । यो कुरा नै हाम्राे देशमा पर्यटकहरूलाई पनि आकर्षित गर्ने एक मुख्य कारण हो । त्यसरी नै मलाई पनि भ्रमण गर्ने भनेपछि रमाइलो लाग्छ । कोरोना भएको बेलामा हामी कहीँ पनि घुम्न जान र भ्रमण गर्न सकेका थिएनौँ । मेरो परिवारकाे पनि भ्रमण गर्ने चाहना नै थियो । धेरै बेलासम्म कहीँ नगएकाले हाम्राे परिवारमा जाडो बिदामा चितवन जाने निर्णय भयो ।

 

मेरो जाडो बिदा सुरु भइसकेपछि उहाँहरूले बिदा मिलाएर मलाई अर्को दिन नै चितवन जाने भनेर बिहानै भन्नुभयो । झोलामा लुगाहरू हालिसकेपछि हामी आफ्नो भ्रमणका लागि निस्कियौँ । हामीले एउटा गाडी बुक गरेका थियौँ ।  हामी त्यही नै गाडीमा चितवनतिर निस्कियाैँ । हामी ८ बजे निस्केका थियौँ  । हामी ११ बजेतिर मनकामनामा पुग्यौँ । हामीले त्यसपछि मनकामनामा नै एकदिन बसेर त्यस  ठाउँमा घुम्ने निर्णय गर्यौँ । रमाइलो किसिमको वातावरण त्यहाँ पाइने  धेरै नै लालीगुराँसहरू फूलेका थिए । मनकामना देवीको मन्दि मा मेरी आमाले  बिहानै पूजा गर्नको लागि ४ बजेबाट लाइनमा कुर्नुभयो । त्यही बेलाबाट नै लागेको त्यो लामो लाइनमा मेरी आमालाई धेरै नै समय लाग्यो । त्यसपछि हामी गाडीमा बस्यौँ । अझ चार घण्टाको बाटो छ जस्तो लाग्यो । बाटोमा अलिकति गडबड देखिएछ। त्यसैले हामीलाई जान अलि ढिलै भयो । एकतर्फ त्रिशूली नदी बगिरहेको छ भने अर्को तर्फ ठुलो भिर छ। गाडी गहिरहेको थियो त्यही बेलामा एक लामो जाम भयो । त्यही आधी घण्टा बस्नु परेकाले मैले छिटाेछिटो लेज खान थालेँ । मैले त्यही नै सबै खाने कुरा भ्याइदिन्छु भनेर मेरी आमाले मलाई सम्झाउनुभयो। त्यसपछि हामी जाँदै जाँदै लास्टको खाजा खाने ठाउँको बाटोमा रोकियाैँ । त्यहाँ खाना खाइसकेपछि हामी मुग्लिङ बजारसम्म आइपुगेपछि नारायणघाटतिर लाग्याैँ । नारायणीको वरिपरि घुम्न मिल्ने ठाउँमा हामी  घुम्यौँ । त्यहाँ हामीले बोटिङ पनि गर्यौँ । जाडोको समय त्यो नदी शान्त थियो। केही पनि डर  थिएन । त्यसको माथि नै एउटा लामो पुल थियो । धेरै जस्तो बेला त्यही मेला लाग्थ्यो र सप्ताह गरिने रहेछ । त्यसपछि हामी मेरो मामाघरतर्फ लाग्यौँ । त्यसको अर्को दिन हामी सौराहतिर गयौँ  । हामीले चितवन राष्ट्रिय निकुञ्ज पनि एक हात्तीको सवारी गरेर घुम्यौँ । साँच्चै नै धेरै नै अद्भुत प्रकारको वातावरण र धेरै जस्ता जनावरहरू रमाइरहेको दृश्य मन पर्‍यो । त्यहाँ एक सङ्ग्रहालय पनि थियो । जुन मलाई अहिलेसम्म पनि मन पर्दैन। गैंडाको सिङ, हात्तीको सिङ ,त्यसरी नै बाघका छाला सर्पहरू लगायत त्यो संग्रहालयमा राखिएको थियो । त्यसपछि मेरो बुवाले हामी दुईजनालाई एउटा ठाउँ जसको चाहिँ मलाई नाम भने याद आएन त्यस्तो ठाउँमा लग्नुभएको थियो । त्यहाँ दुईवटा हात्ती राखिएका थिए र त्यो मेरो बुवाको एक साथीले पालेको भनेर चिनेँ । हामी त्यहाँबाट अर्को ठाउँतिर भने लाग्न पाएनौँ किनभने अलिकति साँझ भइसकेको थियो ।  हामी मामाघर फेरि फर्कियाैँ। हामी एक अरु प्रयोजनका लागि पनि गएका थियौँ।  मेरी आमाकी साथीको विवाह पनि त थियो । त्यहाँ धेरै रमाइलो भयो । म यो यात्रामा धेरै रमाएँ ।

 

यी सबै कुराहरू भइसकेपछि म एक दुई दिनको लागि मेरो मामाघरमै बसेँ  । त्यसपछि हामी सबै जना चितवन र मेरो मामाघरसँग बिदा हुँदै काठमाडौँ फेरि फर्कियौँ । यो यात्रामा मैले जनावरहरू र तिनीहरूलाई रहनको लागि चाहिने वातावरणको बारेमा जानकारी पाएँ । मलाई चितवनकाे भ्रमण निकै नै रमाइलाे भयो ।