Logo

Student Corner

वि.सं. २०८० का पाशुपत क्षेत्रका सकारात्मक परिवर्तन

Written by: Pratik Dangol - 27009, Grade X

Posted on: 21 May, 2024

गत वर्ष २०८० मा मैले धेरै सकारात्मक विकासहरू आफ्नो समाजमा देखेँ ।  ती विकासहरूको पछाडिकाे कारण भनेको पक्कै पनि असल नेता अर्थात हाम्रो वडा ८ का वडा अध्यक्षकाे सक्रियता हाे । उनले आफ्नो तर्फबाट वडालाई विकास गर्न धेरै काम गरेका छन् । जसको सकारात्मक परिणाम म आफैँले अनुभव गरेँ। 

सर्वप्रथम साल २०७९ मा चट्याङ्गले क्षति पुगेको मेरै घर बाहिरको मृत्युञ्जय महादेवको नयाँ ढाँचा तयार पारी पुननिर्माण गरिएको थियो । यस पुननिर्माणको काम मलाई किन राम्रो लाग्यो भन्दा पहिला बाटोमा बग्ने फोहोर नाला मन्दिरभित्र जान्थ्यो तर पुननिर्माण गर्दा त्यस्तो नहोस भनेर मन्दिरको शिवलिङ्ग नै उठाएर मन्दिर अग्लो बनाइएको छ । त्यसैगरी मैले केही संरचना भत्केको तथा जग्गा खाली गरेको पनि समाजमा देखेँ । राज्यको सम्पत्ति राज्यले पाएको छ । त्यसैगरी मैले आफ्नो समाजमा केही नयाँ फल्चा तथा डबलीहरूको पुननिर्माण पनि भएका छन् । केही फल्छ त धेरै अघि हराएका र म जन्मेदेखि थाहा  नपाएका पनि छन् । वडाबाट पुननिर्माणको काम गरेपछि मात्र ती फल्चाहरू त्यहाँ थिए वा हुनु पर्नेबारे थाहा पाएँ । 

त्यसैगरी वि.सं. २०८० मा नै काठमाडाैँ महानागरपालिका तथा ग्वोल बाज खलको आयोजना भएको सांस्कृतिक कार्यक्रम “ग्वोल अर्क्रेस्ट २०८०” हो । यस अर्केस्ट्राको मुख्य उद्देश्य भनेको यस ग्वोल क्षेत्र अर्थात् पशुपति क्षेत्रमा स्थित ९ इनार, ९ पोखरी, ९ बाजा, ९ डबली, ९ ढुङ्गे धारा, आदि प्रवर्धन गर्न थियो । त्यसको लागि विभिन्न सांस्कृतिक धिमे नाच तथा २/३ घण्टा लामो यहाँ रहेका  सांस्कृतिक बाजा बजाएर अर्केस्ट्रा तयार पारिएको थियो । यस अर्केस्ट्रा ७/८ भन्दा बढी टोल तथा बाज खलको सहभागिता रहेको देखिन्छ । यसमा हामीले धिमे, धा, न्याखी, बाँसुरी, पोङ्गा, दाफा भजन आदि देख्न पायौँ । त्यसैगरी यस सांस्कृतिक कार्यक्रममा हामीले अरू यहाँ हुने जात्राहरू पनि देख्याैँ । लाखे धुनमा लाखे नाच, रोपाइँ जात्रा तथा खड्ग जात्राको स्वरूप देखिएको थियो । त्यसमा अर्केस्ट्राको स्वरूप झन् बढाउन नेवारी खाजाका स्टलहरू पनि लगाइएको थियो। 

त्यसैगरी ताम्रेश्वारा मन्दिर नजिकै रहेको इनारको पनि पट्ट लगाएर पुननिर्माणको काम सुरु गरियो । त्यो इनार पनि त्यहाँ रहेको हामी सबैले पहिलो पटक थाहा पायौँ । त्यसैगरी अरू पनि ३ इनारको ठाउँ थाहा पाएको र यस आउने आर्थिक वर्षमा निर्माण प्रक्रिया सुरु गर्ने भनिएकाे छ । त्यसैगरी जय वागेश्वरीकाे पुरानाे बाटोमा पनि डोजर चलाई ढुङ्गा छाप्न थालिएको छ, जसले हाम्रो समाजको सांस्कृतिक पहिचान फेरि फर्काउने छ । त्यसैगरी मेरो घर नजिकै ब्रह्माको मन्दिर पनि भेटिएको थियो जुन त्यहाँ रहेको कसैलाई थाहा थिएन । विज्ञका अनुसार वि.सं. १९९० को भूकम्पमा त्यो मन्दिर भत्किएको थियो । जस्तो काम आउने आर्थिक वर्षमा अवश्य हुने छ । त्यसैगरी शिवरात्री, तीज जस्ता पर्वमा पशुपति क्षेत्रवासीको आवतजावतमा सहजका लागि नागरिकता हुनेको स्थानीय परिचय पत्र पनि बनाइएको छ जसले यहाँका बासिन्दालाई धेरै सहज हुने छ र पशुपति क्षेत्रवासी हो भन्ने प्रमाण पनि हुने छ ।

यी हुन् मैले देखेका र अनुभव गरेका २०८० का आफ्ना समाजमा भएका सकारात्मक विकास जुन राम्रो र असल वडा अध्यक्षले गर्दा सम्भव भएको हो । यसले हाम्रो सम्पदाको जोगेर्ना हुनेछ र आउने पुस्ताले यी हाम्रा सांस्कृतिक महत्त्वका वस्तु र परम्परा देख्ने छन् । बाँकी रहेका काम वि.सं.२०८१ मा अवश्य पूरा हुने छन् ।