Logo

Student Corner

मेराे रमाइलाे यात्रा

Written by: Anushree Acharya - 28002, Grade IX

Posted on: 20 May, 2024

जीवनमा विभिन्न किसिमका कुराहरू भोग्नुपर्छ। कुनै राम्रा हुन्छन् भने कुनै नराम्रा पनि । तर ती कुरासँग सम्झौता गरेर नै अगाडि बढ्न सकिन्छ । सबै कुरा भोग्ने क्रममा धेरै कुरा सिकिन्छ पनि । यस्तै एक मैले जीवनमा सिकेको पाठ भनेको जीवन आफूँले चाहे जसरी सधैँ जाँदैन । यो पाठ मैले भ्रमणबाट सिक्न पुगेँ ।

 

हाम्रो भ्रमण २०७८ साल ०९ महिना ०९ गते शनिबारदेखि सुरु भएको थियो । पानीको थोपा तपतप गरेसँगै मेरो आँखाको ढकनी बिस्तारै खुले । मैले मेरो हातमा लगाएको घडी हेरेँ । बिहानीको ५:३० भएको थियो । वरिपरि हेर्दा सबै जना बाहिर जान तयार हुँदै हुनुहुन्थ्यो । मेरो अचम्मित अनुहार देखेर आमाले जाडो बिदा सुरु भएर हामी लुम्बिनी जाने भनेर बानाएको योजना बारे सम्झाउनु भयो । मैले भुसुक्कै बिर्सिएकी थिएँ। मैले हतार हतारमा कपडा लाएर तयार भएकी थिएँ । गाडी ६:३० मा काठमाडौँबाट लुम्बिनी जाने थियो । हामी बिहानै बसपार्कमा पुग्दा पनि गाडी गइसकेको रहेछ । पोखरा जाने गाडी भने त्यहीँ थियो । त्यसैले हामी पोखरातिर नै जाने भनेर निर्णय गर्यौँ । हामी पोखरा जाँदा करिब साढे सात बजेको थियो होला । हामीले पोखरा जाँदा बाटाेमा सुन्दर रमणीय ठाउँहरूको अवलोकन गर्दै गयौँ । हामीलाई अलि भोक लागेको जस्तो भएपछि हामीले नजिकै एउटा होटेल खोजेर खाना खायौँ । त्यसपछि त्यहाँ भएका नदीहरू हेरेर फेरि गाडीमा चढेर पोखरातिरै फेरि नै लाग्यौँ । हामी पोखरा पुग्दा  करिब करिब साढे चार भएको अनुमान गर्न सकिन्छ । हामीले पोखरा पुगेपछि एउटा होटेलको व्यवस्था गर्न खोज्यौँ । केही समय खोजेपछि हामीले एउटा सुन्दर होटेल पायाैँ । त्यहाँ हामीले बाहिर एउटा सुन्दर दृश्य देख्न मिल्ने रहेछ । हामीले होटेलमा थान्को मुनको लगायौँ र बाहिर निस्क्यौँ । भोकाएको भएर हामीहरूले एउटा होटेलमा गएर खाना खायौँ । बेलुकी हामी होटलमै फर्केर त्यहाँ विश्राम गर्यौँ । 

दोस्रो दिन हामी पोखराका सुन्दर र धार्मिक स्थलहरूमा जाने भनेर निर्णय गर्यौं । हामी पहिला फेवा तालमा गयौँ । त्यहाँ माछालाई चारो दिनु सँगसँगै हामीले त्यहाँको बिचमा रहेको सुन्दर मन्दिरहरूकाे पनि अवलोकनमा गर्याैँ यस्तो सुन्दर र सांस्कृतिक धार्मिक स्थललाई देखेर मन पुलकित भएको थियो । भोक लागेको कारणले हामीले खाना खाने र विश्राम लिने भनेर निर्णय गर्यौं। त्यसपछि हामीहरू पोखराको चमेरे गुफा हेर्न गयौँ । त्यहाँ माथि रहेका चमेरा देखेर मनमा त्रासको भाव आयो । त्योसँगै हामी महेन्द्र गुफा पनि गयौँ । त्यो दिन हामीले त्यतिमा नै सक्यौँ ।

तेस्रो दिन हामी पोखराको डेभिड फल्स हेर्न गयौँ । पानीको कल्कलसँगै पनि त्यहीँ डुबेको मैले सोचेकी थिएँ । त्यस दिन हामीले पोखराको अरू ठाउँहरूको पनि अवलोकना गर्यौँ । हामीले त्यो भ्रमण पाँच दिनको मात्रै राख्ने भनेका थियौँ । त्यसैले हामीले त्यसै दिन प्यारा ग्लाइडिङ पनि गर्ने भनेर निर्णय गर्यौँ । म सानै भएको कारणले मैले प्यारा ग्लाइडिङ गर्न पाइएन । तर आमा र बुबाले गर्नुभयो । आकाशबाट खस्दा सार्है मजा आउने रहेछ भनेर बुबा र आमाले मलाई भन्नुभयो । 

चौथौ दिन म बिहान घाम उदाउनु अगाडि नै उठेकी थिएँ । हामीले आफ्नो नित्यकर्म सकेर गाडीमा चढ्याैँ । हामीले हिमाल हेर्न गएका थियौँ । सेतो हिमालमा सुन जस्तै टल्किने सूर्यको किरण देखेर मेरो मन आकाशको नौ तले दरबारमा थियो । गाडीमा चडेर हामी होटेलमा फर्कियौँ । त्यस दिन हामीले सेती नदी पनि हेर्न गयौँ । शान्त भएर पनि छङछङ सुसाउने सेतीलाई देखेर मन निकै रमायाे । हामी थकित भएका कारण हामीले त्यस दिन विश्राम गर्ने भन्यौँ । अन्त्यमा हामीले सबै सर सामान मिलायौँ । 

पोखरा जस्तो सुन्दर, प्राकृतिक र रमणीय स्थललाई छाडेर फर्किने दिन आयो । थोरै दिनमै पोखरा र यसको सुन्दरताले मेरो मन चोरी सकेको थियो । तर सबै राम्रो कुरा सधैँ पाइँदैन । त्यसपछि हामी फर्कियाैँ । काठमाडौँ फर्कने हवाइ जहाजमा चढियाे । हवाइजहाजबाट बाहिर हेर्दा मैले सोचे, “कति रमाइलाे  यात्रा रह्यो यो!”