Logo

Student Corner

हेटाैँडाको भ्रमण:

Written by: Agrim Rijal - 29005, Grade VIII

Posted on: 17 May, 2024

 

यसपटक दसैँ र तिहारको बिदामा म बुबा र भाइसँग हेटौँडा गएँ ।  म बिहान ५ बजे उठेँ । आफ्नो नित्यकर्म सकेँ । लुगा मिलाएपछि खाना खाएर म बस चढ्न गएँ । त्यहाँ म १० बजे पुगेँ  । एउटा बसमा चढेँ । त्यो बस २ घन्टापछि त्यहाँबाट हिँड्यो । त्यो बस हेटाैँडा हुँदै बिराटनगर जाने थियो । सबै मान्छे भरिएपछि बस हिँड्यो । बस बल्खुबाट हिँड्यो । बाटामा हामीले धेरै कुराहरू हेर्न पायाैँ । बाटामा धेरै पसलहरू थिए । हामी टीकाभैरव हुँदै गयौँ । मैले बाटोमा धेरै कुराहरू देखेँ  । बिचमा एकचोटि गाडी रोकिएको बेलामा हामीले खाना खायाैँ । मैले त्यहाँ धेरै ऐतिहासिक ठाउँ र मकवानपुर दरबार देखेँ । त्यहाँ हामीले नेपालको ठुलो झण्डा देख्यौँ । बिचमा बस रोकियो । सबै शाैचालय गए । पाँच मिनेटपछि बस गुड्न थाल्यो । धेरै मानिसहरू बसमा कुरा गरिरहेका थिए । रमाइलो गरिरहेका धेरैले  खानेकुराहरू खाइरहेका थिए । कतिपयले रेडिमेट खाना खाइरहेका थिए र सडकमा फोहोर फालेका थिए । त्यो देख्दा मलाई मन परेको थिएन । त्यसपछि बस मकवानपुरको सिमानामा रोकियो । त्यहाँ सबैले खाना खाए । बस २० मिनेट रोकिएको थियो । त्यसपछि फेरि बस चल्न थाल्यो । मकवानपुरको प्रवेशद्वारमा हामीले एउटा सुन्दर झरना देख्यौँ । धेरैले फोटो खिचे । त्यसपछि  बल्ल   हेटौंडा पुग्यौँ । त्यसपछि मेरो बुबाले बस चालकलाई बस रोक्न भन्नुभयो । हामी सानोपोखरा चोकतिर लाग्यौँ । त्यहाँ पुगेपछि हामीले धेरै रमाइलो गर्यौं । त्यो दिन म मन्दिर र माछापालन गएँ । त्याँहा सानो पशुपति मन्दिर देखेँ ।  हेटाैँडाको सबैभन्दा पहिलो मन्दिर देख्याैँ । म घर आएर खाना खाएँ । म त्यो दिन धेरै थाकेको थिएँ त्यसैले सुतेँ । भोलिपल्ट उठेर मनकामना पहाड चढ्न थालेँ । बाटोमा मैले धेरै कुराहरु देखेँ । त्यहाँ एउटा सुन्दर पिङ थियो । त्याे पिङ चढ्न १०० रुपैँया लाग्थ्यो । मैले त्यो पिङ खेलेँ । आधा घन्टा हिँडेपछि बल्ल मन्दिर पुगेँ । त्यसपछि म फर्केर धेरै मन्दिर र एउटा सहिद स्मारक नाम गरेको पार्क गएँ । घर गएर खाना खाएर मकवानपुर गढी गएँ । मैले धेरै पुराना घर र धेरै किसानहरू देखेँ । तिनीहरू आफ्नो खेतमा काम गरिरहेका थिए ।  तिनीहरूसँग कुनै आधुनिक मेसिन थिएन । तिनीहरूले गोरुले खेत जोतिरहेका थिए । त्यहाँ धेरै गर्मी थियो त्यसैले मैले आइसक्रिम खाएँ । त्यसपछि म हजुरबुवा र दिदीकहाँ गएँ । मैले धेरै कुराको बारेमा कुरा गरेँ र फर्केँ । म त्यो दिन रातको खाना खाएँ र सुतेँ । अर्को दिन म बिन्दवासिनी मन्दिर गएँ र त्यहाँ लिङ्गे पिङ खेलेँ । दसैँ र तिहारको महिना थियो त्यसैले धेरै लिङ्गे पिङहरू थिए । त्यसपछि म घर फर्किएँ । बुबा त्यही दिन काठमाडौँ फर्किनुभयो तर म हजुरबुवाको दाजुसँग बसेँ । मैले तास खेलेँ । म फरक ठाउँमा खाना खान गएँ । त्यसपछि भोलिपल्ट म ५ बजे उठेँ र कारमा आएँ । मैले धेरै हिमालहरू देखेँ  । हामी जहाँ गएका थियौँ, म त्यही बाटोबाट आएँ । आउँदा मेरो स्वास्थ्य अवस्था त्यति राम्रो थिएन । मैले बान्ता महसुस गरिरहेको थिएँ । त्यसपछि गाडी रोकेर होटलमा चिया पियौँ । हामी अर्को ठाउँमा आएर बिहानको खाजा खान रोकियौँ । त्यसपछि हामी सिधै  घर आयौँ  र खाजा खायौँ । मेरो भोलिपल्टदेखि स्कुल भएकोले गर्दा मैले आफ्नो झोला  मिलाएँ ।

 

मेरो यात्रा धेरै रमाइलो भएको थियो । मैले यो यात्रा बाट धेरै कुराहरू सिकेँ । कहिले नदेखेका कुराहरू पनि देखेँ । यो यात्रा गर्दा धेरै रमाइलो भएको थियो । घरमा बसिरहनुभन्दा कुनै ठाउँ गएर घुम्न पाउँदा मेरो मन खुसी भएको छ।