Logo

Student Corner

कलम

Written by: Pratik Karn - 30048, Grade VII

Posted on: 16 May, 2024

लेखकले लेख्दछ कथा यसले 

कविले रच्दछ कविता यसले 

 

सिकाउँछ यसले पढेर लेख्न 

 सिकाउँछ सही मार्गलाई भेट्न 

 

ठुलो सहायक विद्यार्थीहरूको 

 शिक्षक यो हाम्रो प्यारो जीवनको 

 

हतियारभन्दा कलम महान् 

 कलमले दिन्छ जिन्दगीको ज्ञान 

 

कलमले दिन्छ हामीलाई साथ

 दिन्छ हामीलाई सफलताको हात ॥