Logo

Student Corner

बुद्ध

Written by: Drabisha Pokharel - 2030011, Grade II

Posted on: 23 September, 2020

बुद्ध भगवान् नेपालमा जन्मिएका हुन् । आजभन्दा छब्बिस सय  वर्ष अगाडि नेपालको लुम्बिनी भन्ने ठाउँमा बुद्धको जन्म भएको हो । उनकी  आमाको नाम मायादेवी हो र बुबाको नाम शुद्धोधन  हो । बुद्धलाई ‘एसियाको तारा’ पनि मानिन्छ । उनको बाल्यकालको नाम सिद्धार्थ थियो । बुद्धले आफ्नाे उपदेश संसारभर फैलाए ।  संसारमा बुद्ध धर्म मान्ने  धेरै मानिसहरू छन् । लुम्बिनीमा धेरै पर्यटकहरू घुम्न आउँछन् । लुम्बिनीमा घुम्दा आनन्द आउँछ ।