Logo

Student Corner

मलाई मन पर्ने कथा

Written by: Aaron Singh - 32035, Grade V

Posted on: 16 May, 2024

मलाई मन पर्ने कथाको नाम ‘एकादेशको कथा’ हो। यस कथाका लेखक रमेश विकल हुन् । यो बालकथा सङ्ग्रह हो । यस कथा सङ्ग्रहमा चारवटा कथाहरू छन् । ती कथाका नामहरू एकादेशमा, समय र सम्पत्ति, समयमाथि कसको अधिकार ? र आफ्नो रिसले आफैँलाई खान्छ हुन् । यो किताबमा राम्रा कथाहरू छन् । तीमध्ये मलाई मन पर्ने कथा आफ्नो रिसले आफैँलाई खान्छ हो । यस कथाअनुसार एकजना ऋषि आश्रम बस्थे । एक दिन उनी वनको सानो बाटोबाट सहर जाँदै हुन्छन्  तर एक्कासी ऋषिको राजासँग जम्काभेट हुन्छ । दुवैले आफू ठुलाे भन्ने घमण्ड गर्छन् । एकले अर्कालाई बाटाे छाेड्नुपर्ने कुरा राख्छन् । दुवैले बाटो छाड्न मान्दैनन् । उनीहरू भनाभन र झगडा गर्न थाल्छन् । त्यसपछि ऋषिले रिसाएर राजालाई राक्षस बन्ने श्राप दिन्छन् । त्यसपछि राक्षसले ऋषिलाई नै खाइदिन्छन् । यो कथामा रिसको झोकमा ऋषिले राजालाई राक्षस बनाइदिए र अन्त्यमा त्यही राक्षसले उनलाई खाइदिए । तसर्थ यो कथाले हामीले कुनै पनि काम वा निर्णय गर्दा सोचविचार गर्नुपर्दछ भन्ने सन्देश दिन्छ ।