Logo

Student Corner

मेराे जीवनकाे लक्ष्य

Written by: Raj Manandhar - 31023, Grade VI

Posted on: 15 May, 2024

सबैकाे जीवनकाे लक्ष्य फरक फरक हुन्छ ।काेही डाक्टर बन्ने लक्ष्य राख्छन् भने काेही इन्जिनियर बन्ने लक्ष्य राख्छन् । मैले चाहिँ एक सफल फुटबल खेलाडी बन्ने लक्ष्य राखेकाे छु ।फुटबल खेलाडी बन्नु मेराे सानैदैखिकाे इच्छा हाे ।म मेरा घरका दाइहरू ,मेरा मामाहरू र मेराे घर परिवारका सदस्यहरूले फुटबल हेरेकाे र खेलेकाे हेर्दै  हुर्किएकाे हुँ ।  अर्जेन्टिनाले २०२२ सालकाे विश्वकप जितेकाे थियाे ।विश्वकपमा मेस्सीले एकदमै राम्राे खेल खेलेका थिए ।म पनि भविष्यमा मेस्सी जस्तै राम्राे खेलेर आफ्नाे देशकाे नाम उच्च राख्न चाहान्छु ।

फुटबल खेलाडी बन्न सजिलाे पनि छैन ।हामीले धेरै मिहिनेत गर्नुपर्ने हुन्छ ।सर्वप्रथम हामीले घरमै व्यायाम गर्नुपर्छ । प्रत्येक दिन हिँड्ने ,दाैडने गर्नुपर्छ र  आफ्नाे शरीर एकदम स्वास्थ्य बनाउनुपर्छ ।हामीले सानै उमेरदेखि नै फुटबलकाे तालिम पनि लिनुपर्छ ।फुटबल खेलका केही नियमहरू हुन्छन् ।ती सबै नियमहरू पालना गरी हाेसियारीका साथ  खेल्नुपर्छ ।म पनि यी सबै कुराहरू ध्यान दिएरआफ्नाे लक्ष्यमा पुग्न काेशिस गर्नेछु र एकदिन सफल फुटबल खेलाडी बन्नेछु ।