Logo

Student Corner

नेपाल

Written by: Pratyush Lohani - 2030025, Grade II

Posted on: 23 September, 2020

नेपाल हाम्रो देश हो । यो एउटा सुन्दर देश हो । याे दक्षिण एसियामा पर्दछ । नेपालमा ७ प्रदेश रहेका छन् र ७७ वटा जिल्ला छन् । नेपालको उत्तरमा चीन र दक्षिण, पश्चिम तथा पूर्वमा भारत पर्दछ । नेपाल भूपरिवेष्ठित देश हो । नेपाल जलस्रोतको दोस्रो धनी देश पनि हो । नेपालमा संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथा छ । जसको उचाई ८,८४८ मिटर रहेको छ । नेपालमा विभिन्न धार्मिक स्थलहरू रहेका छन् । नेपालमा बर्सेनि पर्यटकहरू नेपालको सुन्दरता हेर्न आउँछन् । नेपालमा गौतम बुद्धको जन्म भएको हो । त्यसैले नेपाललाई बुद्धको देश भनेर विश्वभर चिनिन्छ । नेपालको राष्ट्रिय जनावर गाई हो, भने राष्ट्रिय फूल लालीगुराँस हाे । त्यस्तैगरी नेपालको राष्ट्रिय चरा डाँफे हाे । यहाँका खोलानाला, झरना अति नै सुन्दर छन् । नेपाल प्राकृतिक सुन्दरताले भरिएको धनी देश हो । मलाई नेपाली हुनुमा गर्व छ ।