Logo

Student Corner

अनलाइन कक्षा र परीक्षा

Written by: Remoon Gorkhali - 2023008, Grade IX

Posted on: 22 September, 2020

अनलाइन कक्षा एउटा नयाँ अवधारणा हो । कोभिड १९ को कारणले विश्वका धेरै देशहरूले  अनलाइन कक्षा सुरू गरेका छन्। अनलाइन कक्षा केवल हाम्रो देशले  मात्र सुरू गरेको थिएन। कोभिड १९ को प्रकोप कहिलेसम्म रहने हो भन्ने निश्चित नभएर अनलाइन कक्षा सुरू भयो।  हामीले अझै कठिन समयको सामना गर्नुपर्ने हुन सक्छ भनेर अनलाइन कक्षाको अवधारणा स्थापना भएको हो। 

अनलाइन कक्षा सामान्य कक्षा जस्तै छन् । अनलाइन कक्षा लिएपछि हामीले परीक्षा पनि दिनुपर्छ।  परीक्षा भनेको हामीले पढेको विषयवस्तुको मूल्याङ्कन हो। यदि  परीक्षा नलिने हो भने सबै विद्यार्थीहरू अध्ययन गर्दैनन् ।  किनकि उनीहरू सोँच्दछन् कि हामी स्कुल गएर नै यो सबै पढ्नेछौं र परीक्षा पनि दिनेछौँ । त्यसैले हामीले अनलाइन पढेपछि अनलाइन परीक्षा पनि दिनुपर्छ । मैले बुझेँ कि यो समय भनेको शिक्षकहरूका लागि पनि  गाह्रो समय हो । हुन त यो सबैका लागि गाह्रो समय हो। यस समयमा पैसाको साथसाथै नयाँ कार्य र वातावरणमा यसलाई सुनिश्चित गर्न एकदम गाह्रो छ । विज्ञानले नयाँ नयाँ काम त गरिरहेको छ तर मोबाइल,ल्यापटप र कम्प्युटरमा बेला-बेलामा अनेक समस्याहरू आउँछन् । शिक्षकले पनि कसरी हामीलाई राम्ररी सिकाउने भनेर धेरै मिहिनेत गरिरहेका छन् । उनीहरू सबै समस्याहरूको सामना गर्दैछन् । विद्यार्थीलाई पनि गृहकार्य गर्न, पढ्न र अन्य काम गर्न गाह्रो भएको छ ।  

अनलाइन कक्षा र परीक्षामा हामीले धेरै समस्याहरूको सामना गर्नुपरेको छ । कक्षा समयमा बत्ती गयो भने हामी कक्षामा सहभागी हुन सक्दैनौँ । त्यस्तै इन्टरनेटको समस्या भयो भने पनि हाम्रो अनलाइन कक्षा र परीक्षा छुट्न सक्छ । अनलाइन कक्षा वैकल्पिक कक्षा भए पनि यसले हाम्राे सिकाइमा सहयाेग गरेकाे छ ।