Logo

Student Corner

मातातीर्थ औँसी

Written by: Bibhuti Pathak - 34044, Grade III

Posted on: 08 May, 2024

मातातीर्थ औँसी महत्त्वपूर्ण दिन हो । मातातीर्थ औँसीलाई हामीले आमाको मुख हेर्ने दिन पनि भन्छौँ । यो संसारमा आमा जस्तो माया गर्ने अरू कोही हुँदैनन् । मानिसलाई जीवन प्रदान गरी यो संसार देखाउने,सुख दुःखमा साथ दिने, सही बाटोमा हिँड्न सिकाउने, आफू भोकै भएर पनि सन्तानलाई खुवाउने, सधैँ ज्ञान प्रदान गरेर आफ्नो जीवन सन्तानको लागि आमाले समर्पित गरेकी हुन्छिन् । यस दिन हामीले आमालाई मिठा मिठा खानेकुरा र उपहार दिन्छौँ । मातातीर्थ औँसी प्रायः वैशाख महिनाकाे कृष्ण पक्षकाे औँसी तिथिमा  मनाइन्छ । आमा हुनेहरूले याे दिन आमालाई माया र सम्मान गरेर भेट्छन् र आमा नहुनेहरूले आमाको सम्झनामा मातातीर्थ मन्दिरमा गएर त्यहाँकाे कुण्डमा स्नान गरी आमालाई सम्झिन्छन् । आज मैले आमालाई मिठाई र उपहार दिएँ। मैले आमालाई नमन गरेँ ।  मेरो दाइले पनि नमन गर्नुभयो । आमा हाम्रो लागि भगवान हुनुहुन्छ । आमालाई माया गर्नु खुसी राख्नु हामी सबैको कर्तव्य हो ।