Logo

Student Corner

घाम

Written by: Aayaan Rai - 2030006, Grade II

Posted on: 22 September, 2020

 घाम हामीलाई धेरै महत्त्वपूर्ण छ । घामले हामीलाई  तातो र उज्यालाे दिन्छ । घाम साैर्य मण्डलको केन्द्रमा छ । घाम पृथ्वीबाट टाढा भएपनि यसको ऊर्जा हामीसँग आइपुग्न आठ मिनेट मात्र लाग्छ । घाम पृथ्वीबाट झन्डै १५ करोड किलोमिटर टाढा छ ।  घामबाट निस्कने ऊर्जालाई सौर्य ऊर्जा भनिन्छ । सौर्य ऊर्जाबाट हामीले तातो र  बिजुलीले निकाल्न सक्छाैँ । सौर्य ऊर्जाको प्रयोगले वातावरण दूषित नहुने हुँदा हामीले धेरैभन्दा धेरै सौर्य ऊर्जाको प्रयोग गर्नुपर्दछ ।