Logo

Student Corner

हाम्रो देश

Written by: Aashutosh Basnet - 2030005, Grade II

Posted on: 22 September, 2020

हाम्रो  देशको नाम नेपाल हाे । नेपाल एउटा अति सुन्दर र रमणीय देश हाे । हाम्रो देशमा धेरै हिमालहरू छन् । जसमध्ये  संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा हाम्रै देशमा पर्दछ । हाम्रो देशको छिमेकी देश भारत र चीन हाे । नेपाल सानो देश हो । नेपालको राजधानी काठमाडौँ  हाे ।  नेपालमा पोखरा, चितवन, विराटनगर, जनकपुर आदि जस्ता  मुख्य सहरहरू छन् । नेपालमा स्वच्छ हावापानी छ । यहाँ माैसम अनुसार जाडाे र गर्मी हुन्छ । नेपालमा हिमाल, पहाड र तराई रहेका छन् ।  हिमालमा सधैँ हिउँ पर्छ । हिमालको हिउँ पग्लिएर पानी पहाड हुँदै तराईतिर बग्छ । हिमालमा धेरै चिसो हुन्छ ।  यहाँको बस्ती पातलाे हुन्छ । पहाडमा मानिसहरूको बसाेबास धेरै हुन्छ । तराईमा धेरै अन्न उब्जन्छ र यहाँकाे जमिन सम्म परेकाे छ ।