Logo

Student Corner

अनुशासन

Written by: Manan Khanal - 31049, Grade VI

Posted on: 03 May, 2024

अनु + शासन शब्द मिलेर अनुशासन शब्द बनेकाे हाे । अनुशासनकाे साेझाे अर्थ नियममा रहनु हाे । प्रत्येक मानिस अनुशासित हुनुपर्छ । अनुशाासनकाे पालनाले मानिस सफल हुन्छ । अनुशासनले मानिसकाे जीवनमा महत्त्वपूर्ण  भूमिका खेलेकाे हुन्छ । अनुशासनबिना मानिसहरूले जीवनमा उन्नति प्रगति गर्न सक्दैनन् । यसले मानिसकाे जीवन सफलता प्राप्त गर्न प्रेरित गर्छ त्यसैले मानिसकाे जीवनमा सफलता प्राप्त गर्न अनुशाासन भएन भने  मानिसकाे जीवन लगामबिनाकाे घाेडाजस्तै हुन्छ । प्रत्येक मानिसहरूले घर,परिवार,समाज तथा राष्ट्रका नियम तथा मर्यादामा रहेर आफ्ना काम गर्नुपर्दछ । अनुशाासनले सधैँ सही मार्गमा हिँड्नु, आफूभन्दा ठुला र सानालाई माया गर्नुपर्छ भन्ने विचारभाव प्रकट गर्दछ । आफ्ना कामहरू समयमा पूरा गर्नु ,साथीभाइसँग झैझगडा नगर्नु आदि अनुशासन पालना गरेमा छिट्टै सफलता माया  पाउन सकिन्छ । अनुशासन सबैकाे जीवनका लागि अति महत्त्वपूर्ण रहेकाे हुन्छ । विद्यार्थी जीवनमा अनुशासनकाे महत्त्व सबैभन्दा धेरै हुन्छ । अनुशासनले विद्यार्थीलाई उज्ज्वल बाटाेतर्फ निर्देश गर्दछ । विद्यार्थीहरूले आफ्ना अतिरिक्त क्रियाकलाप गर्दा ,साथीहरूसँग बाेल्दा ,आफन्तलगायत सबैसँग बाेल्दा अनुशासनकाे पालना गरेर  बाेल्नु पर्दछ ।  अनुशासन मानव जातिकाे गहना हाे जसले गर्दा मानिस राम्राे असल तथा स्वाभिमानी बन्छ ।अनुशासनमा बस्ने व्यक्तिहरू धैर्यवान साहसी र मिहिनेती पनि हुन्छन् । अनुशासन नभएका व्यक्तिहरू घमन्डी, झगडालुअरूकाे भलाे नचाहने ,सबैलाई हेला गर्ने र कसैसँग पनि नडराउने साथै आफूले गरेकाे गल्ती पनि स्वीकार नगर्ने प्रवृत्तिका हुन्छन् । अरूकाे दुःखमा हाँस्ने र अरूकाे भावनासँग खेलवाड गर्न चाहन्छन् जसले गर्दा असल व्यक्तित्व गुमाएर दुष्ट र स्वार्थले भरिएका मानिस मात्रै भेटिएला भन्ने डर भइरहन्छ ।असल व्यक्तित्वकाे पहिचान नै अनुशासन हाे । त्यस्ता किसिमका मानिसहरू भविष्यमा आदर्श एवम् महाज्ञानी भएर देशभरि नै चिनिन्छन् ।