Logo

Student Corner

इन्द्रजात्रा

Written by: Samriddhi Shahi - 2030036, Grade II

Posted on: 22 September, 2020

इन्द्रजात्रा प्रत्येक वर्ष नेपालमा मनाइने जात्रामध्ये एक हो । विशेषगरी यस जात्रा नेवार समुदायमा बढी लोकप्रिय छ ।  यस जात्रालाई धुमधामसाथ मनाउँदछन् । भाद्र शुक्लपक्ष द्वादशीका दिनबाट सुरु भई आश्विन कृष्ण चतुर्थी सम्म आठ दिन यस जात्रा मनाइन्छ। यस पर्वमा विशेषगरी इन्द्र भगवानको पूजा गरिन्छ भने जीवित देवी कुमारी र गणेश भैरवको रथलाई काठमाडौँको मुख्य टोलमा यात्रा गराउने गरिन्छ । साथै लाखे, पुलुकिसी, भैरव तथा अन्य विभिन्न देवीदेवताहरूलाई  नचाउने गरिन्छ । यसैगरी आफ्नो टोलटोलमा ‘समयबजी’ राख्ने र बाँड्ने पनि चलन छ ।