Logo

Student Corner

प्रकृति

Written by: Subigya Raj Kharel - 29065, Grade VIII

Posted on: 29 April, 2024

बिहानको प्रहरमा हावा चल्यो सरर

चिसो चिसो हावामा जिउ भयो थरर

फूल कति फूलबारीमा बास्ना चल्यो हरर

रुखका पातहरू गर्न थाले फरर


 

नदीनाला बगे हेर आवाज गर्दैै कलकल

प्रकृतिमा रम्न मलाई मन लाग्छ हरपल

पूर्वतिर आकाशभरि छरिएछ लाली

चराहरू गीत गाउँछन् खेल्दै डाली डाली


 

हिमाल कति अडिग छ, उँचो राखी शिर

पहाड राम्रो कतै पाखा, कतै देख्छु भीर

तराईमा धानका बाला झुले लहलह

पूर्णिमाको आकाशमा जून टहटह


 

कुहु कुहु कोइली गाउँछ जङ्गलमा हाम्रो

मयूर नाच्छ पंख फिँजाई हेर कति राम्रो

मृग खेल्छन् उफ्री उफ्री हेर साथी वनमा

यस्तो देख्दा रमाइलो लाग्छ मेरो मनमा


 

लालीगुराँस फुल्दा हेर पाखै भयो रातो

मुटु छेऊ बसेको छ मेरै देशको माटो

बगैँचामा डुल्छिन् हेर पुतलीकी रानी

हाम्रो देश प्राकृतिक सुन्दरताको खानी