Logo

Student Corner

अर्घाखाँची जिल्लामा प्रचलित : सराएँ नाँच

Written by: Bipan Sajwal - 24016, Grade XII

Posted on: 25 March, 2024

जब नेपालका मानिसहरूले "कोट" शब्द सुन्छन्, उनीहरूले आफ्नो देशको इतिहासमा साँच्चै महत्त्वपूर्ण घटनाको बारेमा सोच्छन् । धेरै पहिले कोटमा कोट पर्व नामको ठूलो द्वन्द्व भएको थियो जसमा धेरै मानिसहरू  मारिएका थिए । यो लडाइँले नेपालमा धेरै समस्याहरू निम्त्यायो र जङ्गबहादुरले  वास्तवमै लामो समयको लागि शासन गरे तर कोट यो लडाइँको लागि मात्र परिचित छैन । यसमा महत्त्वपूर्ण परम्परा र नृत्यहरूको इतिहास पनि छ जुन आज पनि मनाइन्छ ।

कोटगढीको जीर्ण र ऐतिहासिक सामग्रीको हराइसकेको छ र यसले नेपालको सांस्कृतिक धरोहरमा गम्भीर खतरा पराएको छ । गुल्मी र पाल्पा भेगमा प्राचीन कालदेखि गुल्मी, पाल्पा र अरू सांस्कृतिक धरोहरहरू रहेका थिए, जुन आजका दिनमा नेपालको ऐतिहासिकता र सांस्कृतिक समृद्धिमा महत्त्वपूर्ण छ । कोटगढीको संरक्षणमा विशेष रूपमा चासो नदिएकोले स्थानीय निवासीहरूमा चिन्ता पैदा गरेको पनि देखिन्छ । आधुनिक पुरातत्त्वविज्ञहरूले परीक्षण गरेका बताइन्छ तर कोटगढीबाट पुरातात्त्विक चीजहरूको चोरीले नेपालको ऐतिहासिक र सांस्कृतिक समृद्धि र धरोहरको दृष्टिकोणबाट धेरै चिन्ता थपेकाे छ । पृथ्वीनारायण शाहको एकीकरण युगमा कोट र गढीमा राज्य सञ्चालन गर्दै आएका भुरेटाकुरे राजालाई लखेटेपछि शाहवंशले कालिकादेवी मन्दिर निर्माण गरी पूजा गरेको महत्त्वपूर्ण घटना हो । सराएँ नृत्यले दसैँको अवसरमा नेपाली सांस्कृतिक विविधता र समृद्धिमा महत्त्वपूर्ण योगदान पनि प्रदान गरेको छ र यो स्थानीय जनतामा गरेको गर्व र मनोबलले सांस्कृतिक परम्परामा चर्चा गराएको छ । सराएँ नृत्यले नेपालको विविधता र समृद्धि बढाउँदै आएको छ र यो सांस्कृतिक परम्पराले लोकप्रियता पनि पाएकाे छ । 

बाजा सहितको तालमा बाख्खै बाख्खै भन्दै  खुँडा जुधाएर नाँचिन्छ। यो नाँच रमाइलो हुनका साथै आफूले जानेको साहसिक कला प्रदर्शन गर्न सकिन्छ । पूर्णिमाको दिन स्थानीय कोटघर र देवीको मन्दिरमा सराएँ नाँच नाँचिने परम्परागत प्रचलन छ । यो नाँच पनि आएको कोजाग्रत पूर्णिमाको दिनमा हुने मेला पनि लोकप्रिय छ । सराएँ  नाँचले दसैँको अवसरमा पश्चिम नेपालका केही भागमा मनोरञ्जनात्मक प्रस्तुति  दिन काम पनि गर्दछ । यो गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान, र यसका आसपासका विभिन्न कोट र शक्तिपीठहरूमा हुन्छ । यो नाँच विजयादशमीको भोलिपल्ट एकादशीदेखि पूर्णिमासम्म  नाँचिने प्रचलन छ । सराएँ नाँचले पञ्चेबाजासहित मन्दिरमा चढाएका खुकुरा, तरवार, र खुँडा नचाई एकापसमा जोडिएर नृत्य गर्दछन् । खुडा, भाला, र तरवार नचाएर सराएँ नाँचले दसैँपर्वको समापन गराउने प्रचलन पनि रहेको छ । कोजाग्रत पूर्णिमाको दिन परम्परादेखि नै खुडालगायतका हातहतियार नचाएर नाँचिने सराएँ नाँचले पाल्पा जिल्लाको लिपिनदेवी, छहरा, भुवनपोखरी, मस्याम, मुझुङ्, पूर्वी पाल्पाको हुवीन, रम्वादेवीको शक्तिपीठलगायतका गाउँमा रमाइलो वातावरण सिर्जना गराएको हुन्छ। सराएँ नाँचको महत्त्व गुल्मी जिल्लामा पनि उत्तिकै छ । 

गुल्मी जिल्ला संस्कृतिको धनी मानिन्छ र ऐतिहासिक कोटका मन्दिरहरूमा खड्ग जुधाउने परम्परा, पञ्चबलीको प्रथा र दशैको बेलामा कोटमौलाको शक्तिपीठबाट निकालिने सराएँ नाँच गुल्मी जिल्लाको सेरोफेरामा लोकप्रिय छ। जिल्लाको धुर्कोट, अर्जै, दिगाम चारपाला, इस्मा र चोयँगा गाउँमा नाँचिने सराएँ नाँचले ऐतिहासिक संस्कृति जोगाउने काम गरेको छ । अहिले पनि त्यस क्षेत्रको सराएँ नाँच हेर्न छिमेकी जिल्लाहरूबाटसमेत मानिसहरू पुग्ने गर्दछन्। हातमा खुडा, ढाल, तरवार लिएर बाजागाजाका साथमा नाँचिने सराएँ नाँच विजया उत्सवको रुपमा लिने गरिन्छ । परम्परादेखि नै गाउँको देवी मन्दिरमा भएका खुँडाहरूलाई धारिलो बनाई प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन सराएँ नाँचिन्छ ।

गुल्मी र पाल्पा भेग मगरात क्षेत्रमा प्राचीनकालदेखि थिए । भारतमा मुसालवान आक्रमणको बेला आर्यहरू पहाड पसेर मगरहरूको आश्रयमा बसेका थिए र मुसलमानी सेनालाई मगरहरूले सुँगुरको मद्दतबाट परास्त गरेका थिए । त्येसैले पुराना कोटहरूमा अझै पनि सुँगुरको वली दिइने गरिन्छ र मगरहरूले पुजारी बन्ने गर्छन् । मगरात राज्यका वलिह्याङ्ग राजा थिए, जसको राजधानी पाल्पाको बल्ढेङगढीमा थियो । गुल्मी, पाल्पा, र अर्घाखाँचीका विभिन्न ठाउँमा मगर भाषा बोलिने हुँदा कतिपय स्थानमा ठाउँको नामसमेत मगर भाषामा रहेका छन् । उदाहरणका लागि होलाङ्दी, रिडी, राम्दीजस्ता शब्दलाई लिन सकिन्छ । सराएँ नाँचमा प्रयोग हुने बाख्खै शब्द पनि मगर भाषाबाट आएको हुनसक्छ । यो नाँच गुल्मी जिल्लामा उत्तिकै महत्वपूर्ण छ । सराएँ नाँचले गुल्मी जिल्लाको सेरोफेरामा लोकप्रियता प्राप्त गरेको छ र जिल्लाको धुर्कोट, अर्जै, दिगाम चारपाला, इस्मा, र चोयँगा गाउँमा नाँचिने सराएँ नाँचले ऐतिहासिक संस्कृति जोगाउँछ। 

पश्चिमका पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, बाग्लुङ, स्याङ्जा जिल्लामा प्रसारित गरिएको ऐतिहासिक सराएँ नाँचले कोटमौलाको देवी मन्दिरमा मेला लाग्ने गर्दछ । भुरे–टाकुरे राजाहरूको युद्ध मात्र होइन । दैत्यमाथि देवीको विजयको उत्सवका रुपमा मनाइने यो नाँचमा पौराणिक युद्धमा प्रयोग हुने खुकुरी, खुडा, भाला आदि हतियार प्रदर्शन हुनेगर्दछ। सराएँ“ नाँचको प्रचलन बाइसे–चौबिसे राज्यकाल (१५ औं शताब्दीतिर) बाट शुरुवात भएको अनुमान छ। त्यसैले सराएँ नाँचको प्रचलन करीब २ सय वर्ष पहिलेबाट भएको अनुमान गरिन सकिन्छ। सराएँ“ नाँचमा गुल्मी, अर्घाखाँचीमा प्रचलित मल्लकालीन बाजागाजासमेत प्रदर्शन गरिएको हुन्छ। युद्ध जित्न सहयोग पुयाएका हतियारको सम्मानमा यो नाँच देखाइन्छ। भजन, चुट्का, पञ्चैबाजाजस्ता बाजाका साथमा सराएँ नाँचिन्छ । बडादसैँको रमझमसँगै एकादशीदेखि पूर्णिमासम्म गुल्मी, अर्घाखाँची, प्युठान, बाग्लुङ, स्याङजा, पाल्पालगायतका ऐतिहासिक मठमन्दिर, कोट एवं शक्तिपीठहरूमा परम्परागत सराएँ नाँच नाँच्ने परम्परा छ भने प्युठानको भित्रीकोटलगायतका केही स्थानमा तिहारसम्म यो नाँच नाँच्ने प्रचलन छ। मानिसहरूको बसाइ–सराइ र पेसाले गर्दा आजभोलि काठमाडौँ  र देशका अन्य केही शहरहरूमा समेत सराएँ नाँचको थालनी गरी लोपोन्मुख संस्कृति जगेर्ना गर्न थालिएको छ ।

अर्घाखाँचीका अर्घामैदान, खाचीकोट, ठाडा, असुरकोट, रागामारे, गोखुङ्गा, गुल्मीको धुर्कोट, पुर्कोट, हर्पुकोट, जुभुङ, इस्मा, अर्जै, अम्मरपुर, हाडहाडे, बिरवास, वाग्ला, मोरुङ वामी टक्सार, अजिमीर, पिपलधारा, नयाँगाउँ बाग्लुङका गल्कोट, विहु, काडेवास, कुस्मीसेरा, राङ्खानी, स्याङजाको गल्याङ, राम्दी, प्युठानको भित्रीकोट, असुरकोट, गडीकाकोट, नारीकोट, बादीकोट, ओखरकोटमा भएका शक्तिपीठहरूमा पनि यो सराएँनाँचको ठूलो महत्व छ । केही वर्ष अगाडिदेखि प्युठान, अर्घाखाँची, गुल्मी र पाल्पाबाट बसाइ–सराइ अथवा रोजगारी र व्यवसायमा आएका घरपरिवारबाट दाङको लमही एवं भालुवाङ बजारमा पनि सराएँ नाँच नाँच्ने गरिन्छ। दसैँको बेलामा शक्तिको स्वरुप मानिएको देवीको मन्दिरबाट शुरु गरिने सराएँ नाँच बजारका विभिन्न स्थानमा हजारौँ जनमानस सहितको भेलामा महिला पुरुष लामवद्ध भएर सराएँ नाँच नाँच्ने गर्दछन् । विशेष गरी सयौंको संख्यामा महिला पुरुषहरू हातमा हतियार लिएर पञ्चेबाजाको तालमा ढल्की–ढल्की सराएँ नाँच नाँच्छन् । खुकुरी, खुडा, तरवार, ढाल र लट्ठी हातमा लिएर दमाहा, नरसिंहा, टयाम्को, सनही र झ्यालीको तालसँगै  सराएँ नाँच नाँच्दा निकै रोमाञ्चपूर्ण हुन्छ। राजमार्गमा पर्ने भालुवाङ र लमही बजारको सराएँ नाँच हेर्न दाङ जिल्लाका विभिन्न स्थानका मानिसहरूको भीड लाग्ने गर्दछ ।

नेपाली समाज वास्तवमै बहुभाषा, बहुसंस्कृति, थुप्रै जनजाति, विविध धर्म र संस्कृति, आ–आफ्नै चाडपर्व र परम्पराले बनेको एउटा समाज हो । विभिन्न जातिहरूको बसोवास, १ सय २३ भाषा बोल्ने जाति, विविध धर्म र संस्कृति भएको समाजमा यो सराएँ नाँचको छुट्टै पहिचान र महत्त्व छ ।

स्राेतः अनलाइन