Logo

Student Corner

खेलकुदको महत्त्व

Written by: Ngimi Sherpa - 25076, Grade XI

Posted on: 22 March, 2024

खेल र कुद दुई शब्दको मेलबाट खेलकुद शब्द बनेको हो । खेलकुद एक शारीरिक गतिविधि हो, जुन रमाइलो वा प्रतिस्पर्धाको निम्ति गरिन्छ। खेलकुद घर भित्र या बाहिर जा पनि गर्न सकिन्छ किनभने यो विभिन्न किसिमको हुने गर्छ । खेलकुद कुनै एक विषय वा क्षेत्रमा मात्र सीमित रहँदैन । खेलकुदबाट व्यक्तिको स्वास्थ्य  मात्र होइन धन, मान, सम्मान, र यसमा प्रतिष्ठा पनि बृद्धि हुन् । यसमा  शारीरिक परिश्रम र कौशल संलग्नता हुन्छ । 

खेलकुद धेरै महत्त्वपूर्ण छ किनभने यसले हाम्रो शरीरलाई गतिशील बनाउने र स्वास्थ्य राख्न मद्दत गर्दछ । यस सन्दर्भमा मन बहलाउन वा व्यामका निम्ति खेल्ने र कुद्ने कामको महत्त्व नै खेलकुदको महत्त्व भनि बुझिन्छ। आजकल खेलकुद शब्दले मनोरञ्जन र व्यायाम लागि खेल्ने र कुद्ने मात्र नबुझी व्यापक अर्थमा एउटा ठुलो व्यवसायलाई पनि बुझाउन थालेको छ । खेलकुद व्यक्तिको सम्मान र प्रतिष्ठासँग पनि जोडिन पुगेको छ । वर्तमान युगमा खेलकुद दिन प्रतिदिन लोकप्रिय बन्दै गइराखेको छ। खेलकुदले मानिसहरूलाई फिट राख्ने र शारीरिक बल प्रधान गर्ने भएकाले यो जीवनको प्रत्येक चरणमा महत्त्वपूर्ण बन्न पुगेकाे छ । 

खेलकुदले मानिसको  व्यक्तित्वमा पनि सुधार गर्छ । खेल खेल्ने वा शरीर चलाउने बेलामा शारीरिक क्रियाकलपले रक्तचाप पनि स्वास्थ रहन्छ र रक्तनली पनि सफा रहन्छ । खेलकुदमा फरक फरक मानिसको रुचि फरक-फरक हुन्छ तर हरेक खेलमा कार्य भने एउटै हुन्छ जुन हो आफ्नो शरीरलाई फुर्तिलो बनाउने काम ।  खेलबाट हाम्राे शरीर र मन दुवै स्वस्थ रहन्छन् ।

अहिले खेलकुद खेल्ने मानिसहरू धेरै बढेका छन् किनभने यसमार्फत पूजी कमाउन पनि सकिन्छ । सानैदेखि लगनशील र अनुसासित ढङ्गले कुनै पनि खेललाई आत्मसात गर्दै अगाडि बढेमा व्यक्तिको व्यक्तित्त्व निकै छिटो अगाडि पुग्न सक्छ । यसरी खेलकुदका माध्यमबाट व्यक्तिले आफ्नो व्यक्तित्वको सुवासलाई जताततै फैलाउन सक्छ ।नयाँ किर्तिमान कायम गरी आफू र आफ्नो राष्ट्रलाईसमेत चिनाउन सक्छ । त्यसैले गर्दा पनि खेलकुद हरेक व्यक्तिको लागि महत्त्वपूर्ण बन्न गएको छ । शारीरिक क्रियाकलापमा संग्लग्न हुने बालबालिकाहरूले सम्मान गर्न सिक्छन् र आफ्नो रिस पनि काबुमा राख्न सिक्छन् । जसरी स्वस्थ शरीरको लागि पाेषणकाे आवश्यकता पर्दछ, त्यसरी नै मानसिक र शारीरिक विकासका लागि बालबालिका लागि खेलकुद अपरिहार्य छ । खेलकुदले मानिसलाई नेतृत्व, जिम्मेवारी र आत्माविश्वासको भावना साथ काम गर्न सिकाउँछ । अहिलेको परिवर्तनशील युगमा धेरै मनिसहरू आफ्नो स्वास्थ्यको ख्याल राख्दैनन् जसका कारण आफ्ना जीवनका पछिल्लो चरणमा खराब परिनाणहरू भोग्न बाध्य हुन्छन् । नियमित शारीरिक गतिविधिमा संलग्न हुने व्यक्तिहरूले यस्ता रोगहरूबाट सजिलै बच्न सक्छन् ।  जुक कुरा बिभिन्न खाेजअनुसन्धानले पनि भनेका छन् ।

नियमित रूपमा खेलकुदमा समावेश हुने हो भने मानिसको जिन्दगीका तनाबहरू पनि  कम हुने गर्छ । संसारको धेरै ठुलाे जनसङ्ख्या मोटोपनका कारण देशहरूले  निकै समस्या झेल्न बाध्य छन् तसर्थ मोटोपन हटाउन खेलकुद एक सबैभन्दा मनोरञ्जनात्म  र  उपयोगी तरिका हो । खेलकुदले हामीलाई सक्रिय राख्छ । केही रोगबाट निको हुन चिकित्सकहरूले पनि खेल खेल्न सुझाब दिने गर्छन् त्यसैले हामीहरूले खेलकुदलाई वेवास्था गर्नुहुँदैन र सबै कुनै कुनै एक खेलमा सहभागी भएर शरीरलाई स्वस्थ राख्न आजका सभ्य नागरिककाे कर्तव्य पनि बन्न पुग्छ ।