Logo

Student Corner

मेरो देश

Written by: Anjila Sherpa - 30063, Grade VI

Posted on: 21 March, 2024

गौतम बुद्धको देश अनि सगरमाथाको शिर 

नेपालमा जन्म लिएँ छैन मलाई पिर 


 

स्वर्ग जस्तो हाम्रो देश छैन केहीको कमी 

देशकै सेवा गर्नु छ मलाई राष्ट्र‌भक्त बनी 


 

जनताले छानेर नै नेता बनी गएका छाै

देशको मुहार फेर्न भनी जिम्मेवारी पाएका छौ 


 

स्वाभिमानलाई बेची धन कमाउन नखाेज तिमी

सरकारी जग्गा बेची महल बनाउन नखोज तिमी 


 

यति सुन्दर देशलाई बिगार्न नखोज तिमी

गौतम बुद्धको देशमा अशान्ति फैलाउन नखोज तिमी 


 

देश गरिब आफू धनी हुन् नखाेज तिमी

आफ्नै धनको भकारी भर्न नखोज तिमी ।