Written by: Sakshi Singh - 29027, Grade VII
Posted on: 20 March, 2024
धेरै कुराहरू छन् यहाँ
जहाँ प्रकृति छ
प्रकृति हाम्रो जीवन
योबिना सक्दैनौँ हामी बाँच्न ।
मानिसहरूलाई धेरै दिन्छ यसले
आशा र हावा
यी चीजहरू बिना
मानिसहरू पीडित ।
हामी निर्भर छौँ प्रकृतितर्फ
प्रकृति हामीमाथि निर्भर
यो एक प्राकृतिक प्रक्रिया
एक अर्कामा आश्रित ।
पूरा गर्छ प्रकृतिले
मानिसहरूका आवश्यकता
आवश्यकतामा निर्भर नहुन सक्छ
प्रकृतिको स्रोततर्फ ।
प्रकृतिमा छन् विभिन्न कुराहरू
जुन आवश्यक छन्
मानव जीवन पूरा गर्न
जहाँसम्म सक्छ प्रकृतिले ।