Logo

Student Corner

सगरमाथामा अनारकली

Written by: Abis Giri - 34033, Grade II

Posted on: 19 March, 2024

सगरमाथामा अनारकली किताब बटुराम भण्डारीले लेखेका हुन् । यो कथामा अनारकली हात्तीले  चितवनको सौराहादेखि काठमाडौँ, सल्लेरी, नुनथला, नाम्चे हुँदै सगरमाथाको यात्रा गरेकाे हुन्छ। एक दिन अनारकलीले आफूलाई सगरमाथा हेर्न मन लागेकाेले एउटा विद्यार्थीलाई सगरमाथा कहाँ छ ? भनेर सोध्छ। विद्यार्थीले आफूलाई थाहा नभएकाे कुरा बताउँछ । फेरि अनारकलीले पर्यटकलाई सोध्छ । पर्यटकले नेपालको नक्सा हेरेर सगरमाथामा जाने बाटाे बताइदिन्छ । अनारकली काठमाडौँ जानको लागि टिकट लिन काउण्टरमा जान्छ तर माइक्रोबसमा अट्दैन भनेर टिकट पाउँदैन् । अनि ऊ बसको टिकट लिन जान्छ तर त्यहाँ पनि उसले टिकट पाउँदैन् । त्यहाँका कर्मचारीले अनारकलीलाई ट्रकमा जाने भए चाहिँ सम्भव छ भन्छन् । त्यसपछि ऊ ट्रकबाट काठमाडौँ पुग्छ । काठमाडौँकाे विमानस्थलमा ऊ टिकट लिन जान्छ । त्यहाँ पनि टिकट नपाएपछि ऊ हिँड्दै सगरमाथा चढ्ने उपाय साेचेर उसले लगाउने तातो कपडा किन्छ । उसले बाटोमा धेरै दुःख र कष्ट पाउँदै सगरमाथा पुग्छ । बाटोमा उसलाई सहयोग र माया गर्ने मानिस धेरै हुन्छन् । उसले शेर्पाहरूसँग रमाइलो गर्छ । यस कथाले आफ्नो मनले आँट गर्छु भनेपछि जस्तोसुकै बाधा र अप्ठ्यारा पनि सजिलै समाधान गर्न सकिन्छ भन्ने सन्देश दिएको छ। त्यसैले मलाई यो किताब असाध्यै मन पर्छ ।