Written by: Rushka Sapkota - 29024, Grade VII
Posted on: 18 March, 2024
चराहरू आकाशमा उडिरहेका छन्
बादलहरू समात्न खोज्दै ।
आकाशमा बादलहरू घुमिरहेका छन्
हवाइजहाजसँग हिड्ने प्रयास गर्दै ।
जमिनबाट बच्चाहरू हवाइजहाजमा नमस्कार गर्छन्
अनुहारमा सुन्दर मुस्कान लिएर ।
रुखबाट झरेका फूलहरू
आहा! प्रकृति धेरै सुन्दर छ ।
फूलहरू चम्किलो रङहरूमा फुल्छन्,
आनन्द र शुद्ध आनन्द ल्याउँदै।
रुखहरूमा चराहरू गीत गाउँछन्,
माहुरीको गुञ्जन र हल्का हावा ।
घाँसे मैदानमा हरियो र निलो आकाश,
प्रकृति सर्वस्व प्रकृति नै आवास
प्रकृति नै जीवन प्रकृति नै सास ।