Logo

Student Corner

तिहार 

Written by: Sambhavya Pandey - 2029030, Grade III

Posted on: 21 September, 2020

तिहार हिन्दुहरूकाे दोस्रो महान चाड हो । तिहारलाई शुभ दीपावली पनि भनिन्छ । यो कार्तिक महिनामा पर्छ । तिहारकाे पहिलो दिन कागतिहारबाट तिहार सुरु भई याे भाइतिहारका दिनसम्म मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । तिहारको सुरुकाे दिन कागतिहार  पर्दछ । यस दिन कागको पूजा गरेर कागलाई बोलाएर मिठाे खान दिइन्छ । दोस्रो दिन कुकुरतिहार पर्दछ । यस दिनमा कुकुरकाे पूजा गरिन्छ र कुकुरलाई माला पनि लगाइन्छ । तेस्रो दिन गाईतिहार पर्दछ । यस दिनलाई लक्ष्मीपूजा पनि भनिन्छ । यस दिन गाईलाई पूजाआजा गरी टीका माला लगाइदिएर मिठाे खान दिइन्छ । बेलुका घर घरमा जताततै झिलिमिली बत्ती बालिन्छ र लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीलाई  धनधान्य देवी पनि भनिन्छ। यसै दिन बेलुका घर घरमा भैली पनि खेलिन्छ। चौथो दिन गोरुतिहार पर्दछ । यस दिन गोरुकाे पूजा गरेर मिठा मिठा खानेकुरा खुवाइन्छ र बेलुका देउसी खेलिन्छ । तिहारको अन्तिम दिन भाइटीका पर्दछ । यस दिन दाजुभाइलाई दिदीबहिनीले टीका लगाएर पूजा गर्दछन् । तिहारमा घर घरमा सेलरोटी, अर्सा, अनरसा जस्ता विभिन्न प्रकारका मिठाई पनि बनाइन्छ । तिहारमा सयपत्री फूल र मखमली फूलको माला लगाइन्छ । सप्तरङ्गी टीका लगाइन्छ। तिहारमा सबैको घरमा झिलिमिली बत्ती बाल्ने भएकोले सहर नै  उज्यालो देखिन्छ। मलाई तिहार साह्रै मन पर्ने चाड हाे ।