Logo

Student Corner

समय

Written by: Shreyansh Pokharel - 24039, Grade XII

Posted on: 15 March, 2024

समय कहिलै रोकिदैन,

यसले कसैको पनि भार बोक्दिदैन,

समयलाई बुझ्न सक्यो भने जीवन असल हुन्छ,

नत्र काम टार्छु भन्ने कुरो यसले पनि सुन्छ 

काम भनेको दिने बित्तिकै गर्नुपर्छ

नत्र अप्ठ्यारो आफैलाई पर्छ

काम समयमा नगर्नेलाई समयले दण्ड दिन्छ

र त्यो दण्डलाई हामीले टार्न असम्भव हुन्छ 

समय भनेको रोक्न नसकिने चिज हो

मानिसलाई अनुशासित बनाउने एउटा वीज हो

समयले भनेको कुरा मान्नुपर्छ

नत्र हामीले समयले दिएको सजाय भोग्नुपर्छ

न हामी यसलाई  रोक्न सक्छौं 

न यो हामीलाई रोक्छ

हामीले जे गरे पनि

समयले हामीलाई टोकिरन्छ 

फूल फुल्नु र ओइलाउनु जस्तै दिन र रात बित्छ

राम्रो कामलाई समयले सधै भन्छ ‘ठिक छ’

जीवन भनेको निकै छोटो छ 

यसलाई सदुपयोग गर्न समयले सिकाउँछ 

समय एक अपरिहार्य कुरा हो

जसले आफ्नो यात्रा कहिल्लै सक्काउन्न

समय एउटा असल चिज हो 

जसले कहिले अरुलाई भड्काउन्न

हाम्रो जीवनलाई अनुसाशन दिने शिक्षक हो समय

हामीलाई सफल बनाउन सहयोग गर्ने शिक्षक हो समय 

सधै मेरो सदुपयोग गर भनेर समयले भन्छ

नत्र हामीलाई तल झार्न उसले आफै खाल्टो खन्छ