Logo

Student Corner

मलाई मन पर्ने खेलौना

Written by: Risimi Mewahang - 33017, Grade III

Posted on: 14 March, 2024

मसँग घरमा धेरै खेलौनाहरू छन् । तीमध्ये मलाई मन पर्ने खेलौना कुकुर हो । यो सेतो रङको छ । यसले सेताे र गुलाबी रङको लुगा पनि लगाएको छ। यसका नाक र आँखाहरू काला छन् तर पुच्छर चाहिँ छोटो छ । यसको नाम मैले लिली राखिदिएकी छु । म लिलीसँग खेल्छु र सुत्दा पनि आफूसँगै लिएर सुत्छु। याे नरम भुवाले बनेको खेलाैना हाे । म लिलीलाई फोहोर हुन दिन्न । फोहोर भएमा नुहाई पनि दिन्छु । यो खेलौना मलाई मेरी आमाले किनिदिनु भएको हो । यो मेरो सबैभन्दा प्यारो खेलौना हो ।