Logo

Student Corner

वातावरण

Written by: Aarju Thapa - 33051, Grade III

Posted on: 05 March, 2024

वातावरण भनेको हाम्रा वरपरका ठाउँ हुन् । हाम्रा वरपर हावा, पानी, खानेकुरा आदि विभिन्न कुराहरू हुन्छन् । वातावरणले बाँच्न सहयोग गर्छ । हामीले हाम्रो वरपरको वातावरण सफा गर्नुपर्छ । फोहोर गर्नु हुँदैन । फोहोर भयो भने मानव स्वास्थ्यमा असर पर्छ । जसले गर्दा हामी बिरामी हुन्छौँ । हामीले वरपर बोट बिरुवा रोप्नुपर्छ । बोट बिरुवाले हामीलाई अक्सिजन दिन्छ जुन हाम्रो स्वास्थ्यको लागि धेरै फाइदाजनक छ । वातावरणमा हाम्रो वरपर हुने मन्दिर, मठमन्दिर, भवन, चौर, स्कुल, बाटो आदि पनि पर्दछन् । यी सबै सार्वजनिक सम्पत्ति हुन् । हामीले यिनीहरूमा फोहोर गर्नु हुँदैन र अरुले पनि फोहोर गर्नबाट बचाउनुपर्छ । अरुलाई पनि सफा गर्नुपर्छ भन्ने सल्लाह दिनुपर्छ ।