Logo

Student Corner

भगवान् श्रीकृष्ण   

Written by: Sambid Dhakal - 2029031, Grade III

Posted on: 20 September, 2020

विश्वमा धेरै भगवान्  छन् । तीमध्ये मलाई मन पर्ने भगवान् श्रीकृष्ण हुन् । कृष्णकी आमाको नाम देवकी  हो तर उनलाई यशाेदाले हुर्क्याएकी हुन् ।  उनको बुवाको नाम  वासुदेव हाे । भगवान् श्रीकृष्णको जन्म भारतको मथुरा सहरमा भएको थियो । उनकाे जन्म भाद्र शुक्ल अष्टमीकाे दिन भएको हो । वासुदेवलाई क‍ंसले कारागारमा राखेका थिए । वासुदेवले आफ्नो छोरालाई कंसबाट बचाउन खोजे। वासुदेवले रातिको समयमा कृष्णलाई   लिएर बाहिर निस्किए । उनी बाहिर निस्किन खोज्दा जेलका ढोकाहरू आफैँ खुलेका थिए ।  

 उनको बाल्यकाल गोकुलमा बितेको थियो ।  उनी सानाेमा दही चाेरेर खान्थे । उनको मिल्ने साथी सुदामा थिए र उनको दाइ बलराम थिए । उनले  सान्दिपिनी गुरुसँग शिक्षा लिएका थिए ।  उनले मयूरको प्वाँख लगाउने गर्दथे । कृष्णसँग सुदर्शन चक्र थियो । त्यस चक्र उनलाई परशुरामले दिएका थिए। जब कसैले अन्याय गर्थ्यो उनले त्यसै चक्रको प्रयोग गरेर त्यस व्यक्तिलाई मारी नै दिन्थे । उनका हजारभन्दा बढी नामहरू छन् ।  कृष्णले  कंस, तारकासुर  जस्ता खराब व्यक्तिहरूको वध गरी शान्ति कायम गरे ।  उनले कौरव र पाण्डवकाे युद्धमा सत्यको पक्ष लिने पाण्डवलाई जिताए ।