Written by: Jyotsana Tako - 29041, Grade VII
Posted on: 28 February, 2024
बाटोमा माटोको धुलो फैलिएका छन् त्यतिकै
जताततै गए पनि थाहा हुन्न जता कतै
पछिपछि आए पनि देख्न पनि सकिँदैन ।
बाँच्ने आशमा लिने हावा ढुक्क लिन सकिँदैन ।
शीतलताकाे अनुभूति हावाले नै दिन्छ कहिले
आनन्दको मौसमकाे साथ पनि मिल्छ कहिले ।
फूलहरू हावाले नै छमछम नचाउँछ
पुतलीकाे नाचलाई पनि हावाले नै बचाउँछ ।
सुख, खुसी अनि प्राण हावाले नै भरिदिन्छ
हाम्रा खराब कार्यले नै हावा दुषित पारिदिन्छ ।
जङ्गलका रूखहरू यसकै तालमा नाचिदिन्छन्
शीतलतकाे राैनकमा चट्ट कम्मर भाँचिदिन्छन्
बाँच्न अनि बँचाउन सबैलाई चाहिने हावा
सबै मिली सफा राखाैँ हाम्राे प्राण नै हाे हावा ।