Logo

Student Corner

पशुपतिनाथ मन्दिर

Written by: Aarogya Ghimire - 34004, Grade II

Posted on: 23 February, 2024

पशुपतिनाथ मन्दिर नेपालको ठुलो मन्दिर हो। यो भगवान शिवको मन्दिर हो। यो मन्दिर काठमाडौँ जिल्लामा पर्छ । यो मन्दिर बागमती नदीको किनारमा रहेको छ। यो मन्दिरमा हरेक दिन दर्शन गर्ने मानिसहरूको भिड हुन्छ। भारत र अरू देशहरूबाट पनि मानिसहरू पशुपतिनाथको दर्शन गर्न आउने गर्छन् । यो मन्दिर मेरो घर नजिकै छ। त्यसैले म विद्यालय बिदा भएको बेलामा हजुरबुबा र हजुरआमासँग पशुपतिनाथ मन्दिर जान्छु।