Written by: Stup Bhattarai - 24045, Grade XII
Posted on: 21 February, 2024
नेपाली भई जन्मन पाको छु भाको छ इच्छा पूरा
हाम्रो देश नेपाल बिश्व सामु ,स्वर्गको एक टुकुरा
चार जात छत्तीस वर्णको फूलवारी हो यो लौ साझा
सारा नेपाली भनी विश्व सामु चिनिएका छौँ आज
हामीलाई उचाइमा पुर्याउने सगरमाथा छ शिर
बुद्ध जन्मिएको शान्ति भूमिमा छौँ लाग्दैन कत्ति पीर
जे छ त्यही बोलिरहे यो मनले गर्दिन ठुला कुरा
हाम्रो देश नेपाल बिश्व सामु स्वर्गको एक टुकुरा
प्राकृति अनि संस्कृतिको पनि छ हाम्रो देश यो धनी
चिनाउन पाउ विश्व सामु सधैँ म त नेपाली भनी
जन्मिए यहीँ मर्न यही पाउ लौ हुने छ इच्छा पूरा
हाम्रो देश नेपाल विश्व सामु स्वर्गको एक टुकुरा
हिमाल पहाड अनि हेर लौ छसम्म तल तराई
भाइ बन्धु भइ बसिएको छ निलाग्दैन कोही पराइ
नेपाली कमजोर हुनुहुन्न सबैले यही भन्ठान
झुकाउन शिर जान्दैन है वीर गोर्खालीको सन्तान
वीर गोर्खालीका सन्तान हामी चिनिएको यही नाम
गर्न हुन्न कहिल्यै पनि शिर झुकाउने लौ काम
फेरि पनि दोहोर्याउन मन लाग्यो मलाइ उहीँ कुरा
हाम्रो देश नेपाल विश्व सामु स्वर्गको एक टुकुरा