Logo

Student Corner

जनैपूर्णिमा

Written by: Rachit Bhattarai - 2030027, Grade II

Posted on: 17 September, 2020

जनैपूर्णिमा नेपालीहरूको महत्त्वपूर्ण चाड हो यस दिनलाई रक्षाबन्धन पनि भनिन्छ । जनैपूर्णिमा  धागो र बन्धनको चाड हो । यस दिन सबैको घरमा विभिन्न गेडागुडीको मिश्रण जसलाई क्‍वाँटी भनिन्छ त्यो पकाएर खाइन्छ । यस दिन विशेषगरी नयाँ जनै  फेरिन्छ र हातमा रक्षा बन्धन बाँध्ने चलन छ । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई राखी पनि लगाइदिने चलन छ । यस दिन  मिठा-मिठा परिकार खाने दिनको रुपमा पनि चिनिन्छ । परिवारहरू एउटै घरमा बसी रमाइलो गर्दछन् ।