Logo

Student Corner

मेरो कुकुर

Written by: Joyana Thapa - 2030015, Grade II

Posted on: 17 September, 2020

मेराे घरमा एउटा कुकुर छ । त्यसको नाम रुबी हाे । म सधैँ रुबीसँग खेल्छु उसले मैले भनेको सबै कुरा बुझ्छ र मैले भनेको कुरा पनि मान्छ।  रुबीले हाम्रो घरको शाेभा बढाएकाे  छ । हामी यसलाई तिहारमा पूजा गर्छाैँ । म रुबीसँग खेल्छु । रुबीले मासुभात खान्छ । यसले हड्डी पनि टाेक्छ । हामी कहीँ गएर फर्कँदा यसले पुच्छर हल्लाएर हाम्रो स्वागत गर्छ । नचिनेका मानिसलाई घरमा आउन  दिँदैन । म कहिलेकाहीँ रुबीलाई नुहाइ दिन्छु । रुबी मेरो साथी हो। यसले हाम्रो घरको हेरचाह गर्छ । रुबी गुनिलो छ ।