Logo

Student Corner

दसैँ

Written by: Aradhya Gopal Aryal - 33044, Grade III

Posted on: 20 February, 2024

दसैँ हाम्रो महान पर्व हो । हिन्दु धर्मावलम्बीहरूले दसैँ धुमधामसँग मनाउँछन् । परिवारहरू एकै ठाउँमा जम्मा भएर मिठा मिठा खाना खाएर दसैँ  रमाइलो गरेर मनाउँछन् । दसैँमा मानिसहरू विभिन्न ठाउँमा घुमफिर पनि गर्छन् । हामी पनि घुम्नका लागि बैंकक गयाैँ । बैंककमा घुम्दा एकदमै रमाइलाे लाग्यो । हाम्रो एक हप्ताको घुमघाम कार्यक्रम थियो । हामी बैंककबाट नवमीको दिन नेपाल आइपुग्यौँ । हामीले दशमीको दिन घरमा हजुरबुबा र हजुरआमाको हातबाट टीका लगायाैँ । हामी आफन्तको घरमा पनि टीका लगाउन गयौँ । हामीले मामाघर गएर पनि टीका लगायौँ । दसैँमा हामीले चङ्गा उडायौँ । नयाँ लुगा किन्यौँ । हामीले धेरै रमाइलोसँग दसैँ बिदा बितायौँ ।