Logo

Student Corner

हाेली

Written by: Mokshada Bogati - 35013, Grade I

Posted on: 20 February, 2024

 मलाई होली चाड मन पर्छ । यो पर्व फागुन शुक्ल पूर्णिमाको दिन मनाइन्छ । होली एउटा नेपालीहरूको रमाइलो पर्व हो । होली रङहरूको चाड पनि हो । यो पर्वमा आफ्ना साथीभाइ र परिवारसँग मिलेर हाँसीखुसी मनाइन्छ । होलीमा आफ्ना आफन्तहरूसँग भेटेर मिठा खानेकुरा खाएर रमाइलो गरिन्छ । पानी एकअर्कालाई छ्यापिन्छ र रङ खेलिन्छ ।