Logo

Student Corner

कोरोनाले खेलकुदमा पारेको प्रभाव

Written by: Dip Rajbahak - 2022008, Grade X

Posted on: 16 September, 2020

आनुवंशिक संरचनामा आरएनए (RNA) भएका भाइरस अर्थात् विषाणुको एउटा समहूलाई वैज्ञानिकहरूले कोरोना  भाइरस (Coronavirus) नामकरण गरेका थिए। चीनको वुहान नजिकै पशुपक्षी व्यापार हुने एउटा बजारमा पहिलो पटक यसको सङ्क्रमण देखिएको उक्त भाइरस केही महिनामै विश्वभरि नै फैलियो । 

हाल विश्वमा यो रोगका कारण लाखौँ मानिसहरूले ज्यान गुमाइसकेका छन् भने खेलकुदमा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ। सन् २०२० मा हुन लगेको समर ओलम्पिक पनि कोरोनाकै कारण रद्ध भयो, जुन ४ वर्षमा एक चोटी हुने प्रतियोगिता हो ।  जसमा हरेक देशका खेलाडीहरूले आफ्नो देशका लागि अरू खेलाडीहरूसित प्रतिस्पर्धा गरेर  आफ्नाे देशको नाम राख्छन् l ओलम्पिक खेलमा हरेक खेलहरू समावेश हुन्छन्, जस्तै -: फुटबल, बास्केटबल, स्विमिङ, कराते, बक्सिङ, चेस, एथलेटिक्स, तेकवान्दो आदि l यो प्रतियोगिता हुन नसक्दा खेलकुद जगत्ले  ठूलो  क्षति व्यहोर्नु परेको छ । 

क्रिकेटको टि २० विश्वकपलाई पनि कोरोना  भाइरसले असर गर्याे । फुटबल जगत्काे अर्काे कुम्भमेला युराेकप पनि एक वर्ष पर धकेलियाे  l कोरोना महामारीकै कारण  चाम्पियन्स लिग  हुन् अथवा अन्य जुनसुकै खेल हुन्  ३ महिना लाग्ने प्रतियोगिता १५ दिनमै सक्नु परेको थियो ।  त्याे पनि दर्शकहरूविना नै  l  दर्शकविना खेलाडीहरूलाई खेल्न जाेस आउँदैन l कति खेलाडीहरूले त राष्ट्रिय टोली र अरू विभिन्न खेलको लागि  कोरोनाका कारण छनौट हुन नपाएर आत्महत्यासमेत गरे l कैयाैँ बोर्डहरूले आफ्ना सबैभन्दा राम्रा खेलाडीहरूसमेत गुमाए । कोरोनाका कारण विश्वका धेरै खेलाडीहरूले अहिलेसम्म आफ्नो तलब पाएका छैनन् l 

 सन् १९४२ पछि खेलकुद जगत् सन् २०२० मा पनि प्रभावित बन्यो । यसको असर कहिलेसम्म रही रहने हो भन्ने कुनै निश्चित छैन । समूहगत खेल लामो समयसम्म प्रभावित बने पनि एकल खेल भने अब सुरू हुन्छन् कि भन्ने आशा गर्न सकिन्छ ।