Written by: Prijom Khadka - 24076, Grade XII
Posted on: 13 February, 2024
उनीहरूले भने
आफूलाई माया गर्न गल्ति थियो
आफूलाई बचाउनु गल्ति थियो मेरो
जब समाजले मेरो चरित्रमाथि औँला उठायो
आवाज उठाउनु गल्ति थियो मेरो l
उनीहरूले भने जब कसैलाई नराम्रो नजरले हेर्छ
आफू आँखा झुकाई बस्नु
जब कसैले जिस्काउँछ
चुप लाग्नु ।
तर म भन्छु
जब चरित्रमा प्रश्न उठ्छ
मेरो लागि म उठ्छु
जब मलाई समाजले हेप्छ
मेरो लागि म आवाज उठाउँछु।
म यो समाजमा शिर उठाई हिड्छु
जब कसैले म को हुँ भन्ने सोध्छ
गर्वका साथ म भन्छु
म एक नारी हुँ ।।