Logo

Student Corner

दसैँ

Written by: Apurba Gopal Aryal - 33043, Grade III

Posted on: 12 February, 2024

 नेपालीहरूको ठुलो चाड दसैँ हो । दसैँमा विद्यालय र अफिस धेरै दिन बिदा हुन्छ। दसैँमा मिठा मिठा खाना खाइन्छ। नयाँ लुगा किनिन्छ । दसैँमा देवीको पूजा गरिन्छ । घरमा मासु चिउरा र विभिन्न परिकार बनाएर खाइन्छ । दसैँमा नौ दिनसम्म दुर्गा भवानीको पूजा गरिन्छ। दसैँमा सबैजना टाढा गएका मानिसहरू आफ्नो घर फर्किन्छन् र आफ्नो परिवारसँग हाँसी खुसी बस्दछन् । दसैँको दसाैँ दिनमा टीका र जमरा लगाइन्छ । मैले यसपालिको दसैँमा धेरै दक्षिणा पाएँ । मेराे सबै दक्षिणाहरू खुत्रुकेमा राखेको छु। दसैँमा धेरै मानिसहरू विभिन्न ठाउँमा घुम्न जान्छन् । म पनि यो दसैँमा थाइल्याण्ड घुम्न गएँ । दसैँमा मैले पनि नयाँ लुगा पाएँ । दसैँमा मेरो घरमा निकै रमाइलो भयाे । म अब अर्को दसैँमा अझै रमाइलो गर्छु भन्ने सोच राखेको छु र टीका लगाएर आएकाे पैसाले म आर्थिक स्थिति कमजाेर भएका मानिसहरूलाई सहयाेग गर्न चाहन्छु । मलाई दसैँमा तास खेलेर पैसा उडाएको मन पर्दैन। दसैँ सिद्धिएपछि तिहार आउँछ । तिहार दसैँभन्दा पनि रमाइलो हुन्छ । तिहार पनि सकिएपछि नेपालमा जाडो महिना सुरु हुन्छ ।