Written by: Aarya Chhetry - 24006, Grade XII
Posted on: 09 February, 2024
रगतको नालीमा कदम सर्दासर्दै
श्रद्धञ्जली मानवतालाई मानिस मर्दामार्दै
थाके यी हात उठाउँदा ती औजारहरू
म त आगाडि छु कति थाके ती फौजहरू
हिड अगाडी बढ नथाक भनेको छु यी पाइलालाई
आज छु भोलि नहुँला कात्राे किन्न भनेको छु मैलालाई
साहस, हिम्मत अनि मूर्खता, अङ्गअङ्ग चढेपछि
न त आमा वा बुबा भानुँला, एकै बन्दुकमा ढलेपछि
यता रगत बगिरख्दा खोला, उता सिन्दुर पखालिँदा
आशा साथै ढले भरोसा, मनै थाके काध दिँदादिँदा
प्रथम जीत हर्ष उल्लास, गगन नै छ चुमेसरि
भिन्न थिए न कुनै रुपमा, रोधन अनि आँशु झरी
मेरो बालक र तिनका शब्द बोल्दा तोते थियो
प्रश्न प्रश्न नै रह्यो, कसले कसलाई के दियो
टोलाएँ, सोचेँ जब साथी, मुकुटमाथि नाच्दछन्
पीडा भयो होला कती, नली खुट्टा जब भाच्दछन्
पिएँ, तानेँ लिएँ युद्धको नसा, छोड्न पछि गारो होला
छोड्छौँ कि लुट्छौँ अझै अघि भरिसके तिम्रा झोला
बिच अरु आशाहिन प्रार्थना सुन्न सक्दिनँ भावना
नशा सूची गाँस्दै सुलीमा चड्ने आफ्नो कामना
चोरिएको खुसी, चुरा र पाउजु, सुत्न नदीकन बज्दछन्
आदर्शसँगै झरेका टाउका स्वप्न सराप्दै सज्दछन्
कालो परिसक्यो यो जिब्रो, झुठाे चाट्दाचाट्दै
अपराधी हुँ म सोचको धर्म काट्दाकाट्दै
संसार पालूँ भनी काखमा, च्याति अरुको गर्भ
खोज्दिनँ मोक्ष यस कालमा पाउँछु कहिले मर्न