Logo

Student Corner

बुबा

Written by: Shuvanshis Gautam - 25059, Grade XI

Posted on: 08 February, 2024

मेरा बुबा सरह महान् बन्ने

मेरो जीवनको एक मात्र लक्ष्य 

मेरो जीवनको खुशी नै उनको

जीवनको रमणीय पक्ष  ।।


 

मैले अमूल्य हिरामाथि 

आफ्नो बुबा रोज्दथेँ 

मेरो सानो सानो मुस्कानमा 

आफ्नो  खुशी  खोज्थे ।।


 

मानिसको मान के हो र !

पक्की बाँध त फुट्छ 

यस जीवनमा सम्बन्ध के हो  र !

आँध्यारोमा घाम त छुट्छ ।।


 

मेरो बुबा भन्नु हुन्थ्यो 

सुन्दरता जीवनको गन्तव्यमा हैन 

त्यस्को यात्रामा हुन्छ सुन्दर 

यात्राको अन्त्यमा हरेक मन रुन्छ ।।  

अहिलेसम्म मैले आफ्नो बुबाको 

गुण चिन्नै  सकिनँ 

जति नै महान् बने पनि 

आफ्नो बुबालाई उछिन्नै सकिनँ 

कुरा के गरूँ मैले आफूलाई 

अरुभन्दा भिन्न बन्नै सकिनँ 

सबै मानिस समान हो भन्ने कुरा 

मैले कहिल्यै मान्नै सकिनँ ।।