Written by: Anjila Sherpa - 30063, Grade VI
Posted on: 07 February, 2024
कुनै पनि काम वा घटना भएकाे काल वा वेलालाई समय भनिन्छ । समय भनेको बेला, काल र क्षण हो । समयलाई देख्न र धुन सकिँदैन । समयलाई हामीले अनुभव मात्र गर्न सक्छौँ । समय आफ्नै गतिमा हिँडिरहन्छ । मानिसले समयलाई आफ्नो सुविधाका लागि सेकेण्ड, मिनेट, घण्टा, दिन, हप्ता, महिना, वर्ष भनेर वर्गीकरण गरेका छन् । समय, निरन्तर रूपमा चलिरहन्छ । यो कहिले रोकिँदैन । समयको पालना नर्गनाले मानिस पछाडि पर्ने हुनाले मानिसका लागि समयको धेरै महत्त्व छ । आजको बालक भोलि समय बित्दै जाँदा युवा, वृद्ध हुँदै जान्छ र एकदिन मृत्युको मुखमा पुग्छ । मानिसले बिहानको सूर्योदयसँगै आफ्ना क्रियाकलापहरू सुरु गर्छ अनि विद्यालयमा पुग्छ भने शिक्षक पनि ठिक समयमा कक्षाकोठामा प्रवेश गर्नहुन्छ । किसान पनि ठिक समयमा खेतबारीमा काम गर्न ठिक समयमा त्यहाँ पुग्छ । जो मानिसले समयको पालना गर्दैन ऊ आफ्नो लक्ष्यमा पुग्न सक्दैन । समयको परिवर्तनसँग मानिसले आफ्नो जीवन शैलीमा परिवर्तन ल्याउनुपर्छ । जाडो याममा बाक्ला वा न्यानो कपडा लगाउनु र गर्मीमा पातला कपडा लगाउनु परिवर्तनका कारण हुन् । समयको पालना गरेर नै आज संसारमा मानिसहरूले नामदाम कमाएका छन् । समयको महत्त्वलाई बुझेर अगाडि बढ्ने मानिस जुनसकै क्षेत्रमा पनि सफल हुन्छ। समयको महत्त्वलाई नबुझ्ने मानिसले सफलता प्राप्त गर्न सक्दैन त्यसैले समयमै हामीले हाम्रा कामहरू गर्नुपर्छ।