Logo

Student Corner

एक महिला 

Written by: Deelisha Maharjan - 2022006, Grade X

Posted on: 15 September, 2020

घरका कामहरू गर्दै,

       उनको दिन भान्सामा बित्यो,

        जिन्दगीको  एक कुनामा रहर बोकेर 

       पढ्न विद्यालय जाने सपना सजाउँछिन् ।

उनी  को हुन् ?

         उनी एक महिला हुन् , 

         जसले अध्ययनको आशा पनि राख्छिन्,

         पुरुषसरह घरबाहिरको काममा पनि खट्छिन् ,

         र उनी आफ्नै परिवार चलाउने हिम्मत  गर्दछिन् ।

 

       उनी महिलाको रूपमा चिनिन्छिन् ,

       उनलाई उनको महिला चरित्रले घृणा गरिन्छ,

       महिला भएकैले महिलाबाटै  भेदभाव गरिन्छ ,

       महिला भएकैले महिलाबाटै हेपिन्छ। 

 

       उनलाई समाज र परिवारबाट   भेदभाव गरिएको छ,

       छोरा र छोरीबाट  भेदभाव गरिएको छ,

      छोरी र बुहारीमा  भेदभाव गरिएको छ,

       किनभने उनी महिला हुन्। 

 

      उनी महिला हुन्, 

      उनी गृहिणी हुन्

      उनी धरती हुन्

      उनीबिना संसार चल्न सक्दैन 

किनभने 

       उनी सृष्टि कर्ता हुन् 

 

उनी एक बच्चाकी आमा हुन्,

एक भाइकी बहिनी हुन् ,

बुबाको छोरी हुन्,

र हजुरबुबा / हजुरआमाकी  नातिनी हुन् ,

उनी एक महिला हुन् जसलाई सम्मान गर्नु पर्छ।

घृणा र भेदभाव होइन।