Logo

Student Corner

वातावरण सफा राखौँ

Written by: Haezel Dahal - 33009, Grade III

Posted on: 06 February, 2024

 वातावरण बिग्रेमा जीवनमा नराम्रो असर पर्छ । त्यसैले वातावरण सफा राख्ने काम सबैको प्रमुख कर्तव्य बनेको छ । वातावरण र जीवनको अत्यन्त गहिरो सम्बन्ध छ । आजभोलि विश्वकै वातावरण नराम्रोसँग बिग्रिएको छ । वातावरण बिग्रने प्रमुख कारण नै बढ्दो प्रदूषण हो । प्रदूषणहरूबाट प्राकृतिक र जीवनमा गम्भीर खतराहरू उत्पन्न भएका छन् । वातावरण सफा राख्नमा प्रदूषणले प्रतिकूल प्रभाव पारेको छ । वातावरण सफा राख्नमा प्रदूषणले पार्ने नकारात्मक प्रभावलाई चाँडोभन्दा चाँडो कम गर्ने उपाय खोज्न तर्फ लाग्नुपर्छ । वातावरणलाई दूषित पार्ने प्रदूषण कम गरेर नै सफा र स्वच्छ वातावरणको सिर्जना गर्न सकिन्छ। खाली जग्गालाई वृक्षारोपण गरेर, वनजङ्गल जोगाएर वातावरण सपार्न सकिन्छ। उद्योग धन्धा वा कलकारखानाबाट निस्कने फोहोर आदिलाई नदीमा मिसिन नदिने र वैज्ञानिक पद्धति अपनाएर धुवाँ र ग्यास छोड्ने सवारी साधनहरूलाई हटाएर वैकल्पिक ऊर्जाबाट साधनहरू चलाएर पनि वातावरणलाई स्वच्छ सफा र प्रदूषण मुक्त पार्न सकिन्छ । यसलाई सफा सुन्दर हराभरा र सुरक्षित बनाउन सबै एकजुट भइ लागौँ । वातावरण राम्रो भए हामी सबै स्वस्थ हुन्छौँ ।