Logo

Student Corner

सपना

Written by: Shine Pathak - 24085, Grade XII

Posted on: 05 February, 2024

यो अधुरो आकाशमा अधुरा सपनाहरू

मेरो मनलाई छोपेको एउटा भ्रम ।

एक पटक देखेको हराएको सपना

अब बाँच्न नसक्ने टुक्राहरूमा टुक्रा टुक्रा भयो ।


 

अन्त्य नहुने रात

र यो रातमा आँसु झरे ।

मेरो मनमा अझै पनि केही फुलिरहेको छ ।

केही नयाँ छ वा यो बाँकी छ ।


 

मेरो कानमा बजिरहेको सङ्गीत

अलिकति परिचित तर नयाँजस्तो देखिन्छ ।

तर यो के दुःख खोई  मेरो मनमा छ

यो के सपना हो जुन नै भएन ।


 

म चाहन्छु कि सबै कुरा सरल होस्

समस्या मेरो हो कि अरु नै  केही हो ?

बाल्यकालको चाहना सपना पनि थियो

अब समयसँगै हराइदियो ।